Comments Add Comment

मोरङका १२ सहकारी खारेज

१९ फागुन, मोरङ । मोरङमा निस्क्रिय रुपमा रहेका एक दर्जन सहकारी संस्था खारेज गरिएको छ ।

sahakariसाधारणसभा र लेखापरीक्षण नगर्ने तथा सहकारी ऐनअनुसार सहकारी कार्यालयमा प्रतिवेदन नपठाउने गरेकाले ती संस्था खारेज गरिएको सो कार्यालयका प्रमुख दिलशेर राईले जानकारी दिए ।

खारेज हुनेमा सिर्जनशील बहुद्दउेश्यीय सहकारी संस्था विराटनगर, दीर्घायु बचत तथा ऋण सहकारी संस्था झोराहाट, हिमालय बहुद्दउेश्यीय सहकारी संस्था होक्लाबारी, परोपकार सहकारी संस्था बेलबारी, नवनिर्माण वचत तथा ऋण सहकारी संस्था विराटनगर, नयाँ जनसेवा उपभोक्ता सहकारी संस्था पथरी शनिश्चरे छन् ।

सक्षम नारी वचत तथा ऋण सहकारी संस्था कटहरी, हरकपुर कृषि सहकारी संस्था वरवन, आमतोला बचत ऋण सहकारी संस्था रङ्गेली, उपभोक्ता वचत तथा सहकारी संस्था उर्लाबारी ज्योतिलिङ्ग नारी वचत तथा ऋण सहकारी संस्था हात्ती मुडा र दिया बचत तथा ऋण सहकारी संस्था रङ्गेलीको दर्ता खारेज गरिएको सहकारी डिभिजन कार्यालय मोरङका प्रमुख दीलशेर राईले बताए ।
त्यस्तै ४० सहकारी संस्था खारेजीको प्रक्रियामा रहेको डिभिजन सहकारी कार्यालय मोरङले जनाएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment