Comments Add Comment

नेपालका महिलालाई सहयोग गर्न अमेरिकामा पदयात्रा

विकास राज न्यौपाने

ड्यालस ।ड्यालस एभरेष्ट लायन्स क्लबले नेपालका महिलालार्इ सहयोग गर्न पदयात्रा गर्ने भएको छ । “अमेरिकामा नेपाली महिलाले नेपालका महिलाको मृगौला रोग उपचारमा सहयोगको लागि” आर्थिक संकलन गर्ने उद्देश्यका साथ पदयात्रा आयोजना गरिएको हो ।

2015-Kidney-Walk-Flyer-1ड्यालस  शहर नजिक रहेको ठुलो संख्यामा नेपालीहरूको समेत बसोबास रहेको यूलेस शहरका मेयर लीन्डा मार्टिन र अन्तर्राष्ट्रिय लायन्स क्लब 2X1 जिल्लाकी पहिला उपाध्यक्ष  क्याथलीन टायर को नेतृत्वमा हुने  ‘महिलाले महिलाको लागि’ को ‘२०१५ पद यात्रा’ मा सपरिवार भाग लिन म्रिगौला प्रोजेक्टका निर्देशक प्राध्यापक प्रभात दीक्षितले अनुरोध गरेका छन् ।

‘नेपालका महिलाको लागि टेक्सासका महिला द्वारा’ भन्ने नाराका साथ हुने पदयात्रा मार्च १५ मा बिहान १०  बजेदेखि बेलुका ४  बजे सम्म हुनेछ।  यसबाट उठेको रकम आनी ड्रोल्मा ‘फूलको आँखामा फूलै संसार’ ले नित्रित्व गरेको “आरोग्य प्रतिस्ठान” ले सन्चालन गरेको अस्पताललाई सहयोग स्वरूप प्रदान गरिने छ।

ड्यालस-फोर्टवर्थ शहरमा कार्यरत विभिन्न संघ-संस्थाहरू सहभागी हुने सो पदयात्रामा नेपाली समुदाय बाहेक ड्यालस-फोर्टवर्थमा कार्यरत विभिन्न लायन्स क्लबहरूको सहभागिता हुने कार्यक्रममा जिल्ला 2X1 क्षेत्र ६ का सभापति विनोद माथुर तथा मधुमेह चेतना कार्यक्रमकी संयोजक ग्लोरिय माथुरको पनि सहभागिता रहनेछ ।

“गत वर्ष प्रतिकुल मौसमका बाबजुद ठुलो संख्यामा नेपालीहरूको सो पदयात्रामा सहभागिता थियो, यसपालि मौसम एकदम राम्रो हुने भएकोले ठुलो संख्यामा नेपालीहरू आफ्ना परिवार लिएर सहभागिता हुने” विश्वास  पदयात्रा समितिकी संयोजक तथा ड्यालस एभरेस्ट लायन्स क्लबका पूर्व अध्यक्ष इरा आचार्यको छ। सो कार्यक्रममा पदयात्रा बाहेक जुम्बा डान्स र अरू मनोरन्जनका कार्यक्रम पनि हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment