Comments Add Comment

२० प्रतिशतमा डाउनपेमेन्टमा यामाहा मोटरसाइकल

yamaha-fz-bike
१९ फागुन, काठमाडौं । यामाहा मोटरसाकलको नेपाली बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले २० प्रतिशत डाउन पेमेन्टमा मोटरसाइकल उपलब्ध गराउने भएको छ ।

कम्पनीले ‘यामाहाले बुझ्छ तपाईको खाँचो, २० प्रतिशतमै पाउनुहोस् खुशीको साँचो’ नारासहित यस्तो ग्राहक योजना ल्याएको हो । कम्पनीले सबै मोडलका मोटरसाइकल तथा स्कुटरमा यस्तो सुविधा लागू गरेको जनाएको छ ।

ग्राहकहरुलाई सहजै नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्ने सुविधा प्रदान गर्न यस्तो योजना ल्याएको कम्पनीको भनाई छ ।

विश्वव्यापी प्रसिद्धि कमाएको जापानीज ब्राण्ड यामाहा मोटरसाइकल र स्कुटर आकर्षक स्टाइल, उच्च माइलेज र गुणस्तरका कारण उपभोक्ताको मन जित्न सफल भएको छ ।

बीस प्रतिशत डाउन पेमेन्ट स्किममा यामाहा ‘एफजेड-एस एफआई भर्सन २.०’, ‘एफजेड एफआई’, ‘एफजेड एस’, ‘एसजेड आरआर’, ‘एसजेड एस’, ‘एसएस १२५’ र ‘वाइबीआर’ रहेका छन् ।

yamaha

स्कुटरमा यामाहा ‘रे जेड’ र ‘अल्फा’ पनि २० प्रतिशत डाउन पेमेन्टमै पाइने बताइएको छ । ३० महिनासम्मको सरल किस्ताबन्दी सुविधा उपलब्ध गराइएको छ ।

कम्पनीका अनुसार योजनाअन्र्तगत उपभोक्ताले काठमाडौं, ललितपुर, भक्तपुर, इटहरी, धरान, पोखरा, नारायणगढ, पर्सा, बुटवल भैरहवा र सुर्खेतस्थित यामाहा डिलरबाट मोटरसाइकल र स्कुटर लिन सक्नेछन् ।

यामाहाका मोटरसाइकल तथा स्कुटर खरिद गर्नुभन्दा अगाडी माइलेज र अन्य सुविधा परिक्षणका लागि कम्पनीले ‘टेस्ट राइड’को सुविधा उपलब्ध गराएको छ ।

सबै शोरुमबाट यस्तो सुविधा लिन सकिने कम्पनीले जनाएको छ । यो सँगै, कम्पनीले यामाहाका मोटरसाइल एक्सचेन्ज गरेर नयाँ लिनसक्ने सुविधा पनि  उपलब्ध गराएकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment