Comments Add Comment

म्याग्दीमा दुई अर्ब २५ करोडको बजेट सार्वजनिक

१९ फागुन, म्याग्दी । जिल्लामा आगामी आर्थिक वर्ष २०७२/७३ का लागि दुई अर्ब २५ करोड रूपैयाँ बराबरको बजेट तथा कार्यक्रम सोमबार सार्वजनिक गरिएको छ ।

जिविसले बेनीमा आयोजना गरेको २३ औँ जिल्ला परिषद्मा स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले बजेट तथा कार्यक्रम सार्वजनिक गरेका हुन ।

प्रस्तावित बजेटमा चालुतर्फ एक अर्ब ५० लाख ९८ हजार रूपैयाँ र पूँजीगततर्फ एक अर्ब २४ करोड ४९ लाख ६४ हजार रूपैयाँ रहेको छ ।

बजेटले आगामी आर्थिक वर्षका लागि पूर्वाधार विकास र आयआर्जन वृद्धिका योजनालाई प्राथमिकता दिएको छ ।

सडक सुविधा नपुगेको ठाउँमा नयाँ ट्रयाक खोल्ने र निर्माण भएको सडकको स्तरवृद्धि गर्ने, कृषि, पर्यटन, जलविद्युत् र घरेलु उद्यममार्फत आयमूलक पेसा र रोजगारीको अवसर सिर्जना गर्ने, सबै गाविसमा इन्टरनेट सुविधा विस्तार गर्ने योजनालाई जोड दिइएको छ ।

कार्यक्रममा सहभागी सभासद् नवराज शर्मा, नरदेवी पुन, रेशमबहादुर बानियाले घोषित योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment