Comments Add Comment

अम्बर गुरुङको स्वास्थ्यमा सुधार

ambar-gurung
गायक तथा संगीतकार अम्बर गुरुङको स्वास्थ्यमा क्रमिक सुधार हुँदै आएको अस्पतालले जनाएको छ । राष्ट्रिय गानका संगीतकार समेत रहेका गुरुङ केही दिन अघि आफ्नै निवासमा एक्कासी लडेपछि उपचारका लागि धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालले पत्रकार सम्मेलन गरेरै उनको स्वास्थ्यको बारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा संगीतकार गुरुङका छोरा राजु गुरुङको साथमा उपचारमा संलग्न डाक्टरहरु अमित थापा, राजु पौडेल सहभागी थिए ।

७८ बर्षका गुरुङ केही बर्षयता बुढ्यौलीसँगै पार्किनसन्स मधुमेहका कारण कमजोर बनेका छन् । उनको उच्च निगरानीमा राखेर उपचार भैरहेको अस्पतालले जानकारी दिएको छ । गुरुङको उपचारका लागि लाग्ने खर्च सरकारले बेहेर्ने भनिसकेको छ ।

तर, एक श्रष्टा भएको नाताले सरकारले नब्यहोरेको भए आफूहरुले नै ब्यहोर्न तयार भएको अस्पतालले जनाएको छ । गुरुङको उपचारमा संलग्न इमरजेन्सीका डाक्टर अमित थापाले उनको टाउको र गिदीमा रगत जमेका कारण सुस्त मनस्थिती भएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment