Comments Add Comment

कर्णाली नदी थुनियो, स्थानीय त्रसित

१९ फागुन, काठमाडौं । कर्णाली नदीमा पानीको बहाव घटेको छ । हिमपातका कारण नदी आसपासका क्षेत्रमा बढी हिउँ परेर पानीको बहाव घटेको प्रहरीले जनाएको छ ।

नदीमा पानीको बहाव घटेपछि स्थानीय बासीभने त्रसित भएका छन् । ठूलो नदीमा एकाएक पानी घटेपछि नदी किनारमा रहेका स्थानीयहरुले नदी थुनिएको आशंका गरेका छन् ।

हुम्लाको याङ्चु गाविसदेखि क्रम नदीको बहाव घटेको कांग्रेस नेता जीवनबहादुर शाहीले बताए । उनले भने-‘प्रहरीले हिमपात तथा हिउँ जमेका कारण नदीको बहाव केही कम भएको भनेको छ, नदी लामो समयसम्म थुनियो भने धेरै क्षति हुनसक्छ ।’

लगातारको वर्षा र हिमपातले दुर्इ दिन जनजीवन कष्टकर भएपनि मंगलबारदेखि माैसम खुलेको र जनजीवन सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment