Comments Add Comment

सलमान, शाहरुख र अमिरको फिल्म बहिस्कार गर्न नेतृको माग

3-khan

मुम्बई । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (बीजेपी)की नेतृ साध्वी प्राचीले बलिउडका चर्चित तीन नायकको फिल्म बहिस्कार गर्न आग्रह गरेकी छिन् ।

साध्वीले देहरादुनमा भएको विश्व हिन्दु परिषदको बैठकमा सबै हिन्दुहरुले तीन खानको फिल्म बहिस्कार गर्नुपर्ने धारणा राखिन् ।

भारतीय समाचार संस्थाले उल्लेख गरे अनुसार साध्वीले भनिन ‘अब तीन खानको तस्बिरलाई घरमा राख्न हुन्न किनकी उनीहरुले ‘लभ जेहाद’ लाई बढावा दिएका छन् । उनीहरुलाई हाम्रो मष्तिष्कवाट पनि हटाउनु जरुरी छ ।’

उनको भनाई अनुसार शाहरुख खान, सलमान खान र अमिर खानले आम भारतीय वालवालिकालाई राम्रो संस्कार दिएका छैनन् । उनीहरु सबै लभ जेहादलाई बढाउनमा सक्रिय छन् ।

उनले अन्य खान नायकका वारेमा भने केही बोलिनन् । बलिउडमा खान नायकहरुकै वर्चश्व छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment