Comments Add Comment

नेशनल लाइफले ३८ प्रतिशत लाभांस दिने

National-life१९ फागुन काठमाडौं । जीबन बीमाको व्यवसाय गर्दै आएको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ३८ प्रतिशत लाभांस दिने निर्णय गरेको छ ।

सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ३० प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांस दिने निर्णय नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

सञ्चालक समितिको उक्त निर्णय नियामक निकाय बीमा समिति र कम्पनीको आफ्नै आगामी बस्ने साधारणसभाले स्वीकृत गरेपछि मात्रै वितरण गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment