Comments Add Comment

विश्वकप क्रिकेटमा आयरल्याण्डले पहिलो हार

Hashim Amla and Faf du Plessis

१९ फागुन, काठमाडौं । विश्वकप क्रिकेटमा एशोसिएन नेशन आयरल्याण्डले पहिलो हार ब्यहोरेको छ । सुरुवाति दुई खेलमा जित हात पारेको आयरल्याण्ड मंगलबार दक्षिण अफ्रिकासँग २०१ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

मानुका ओभलमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ४ विकेट गुमाएर ४११ रन बनायो । विश्वकपमा यो दोस्रो ठूलो स्कोर हो । यसअघि २००७ मा भारतले बर्मुडाविरुद्ध ४१३ रन बनाएको थियो ।

१२ रन जोड्दा पहिलो विकेट गुमाएको दक्षिण अफ्रिकाका हसिम अमला र फाफ डु प्लेसिसले दोस्रो विकेटका लागि २४७ रनको उत्कृष्ट साझेदारी गरे ।
अम्लाले १५९ रन बनाए भने डु प्लेसिस १०९ रनमा आउट भए । अमला र डु प्लेसिसको क्याच ड्रप गर्नु नै आरयरल्याण्डका लागि घातक बन्यो । अमला १० रनमा रहँदा आरयरल्याण्डले क्याच ड्रप गरेको थियो ।

एबी डिभिलियर्स ९ बलमा २४ रन जोडे । डेभिड मिलर र रैली रोसोवले अर्को आकर्षक पारी खेले । मिलर र रोसोवले ८.३ ओभरका लागि अविजित ११० रनको साझेदारी गरे । रोसोव ६१ र मिलर ४६ रनमा अविवित रहे ।

४१२ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड ४५ ओभरमा २१० रन जोड्दा अलआउट भयो ।

आयरल्याण्डको सुरुवात राम्रो हुन सकेन र ४८ रन जोड्दा ५ विकेट गुमायो । छैटौं विकेटका लागि केभिन ओब्रायन र एण्डी बालबेर्नीले ८१ रनको साझेदारी गरे । एण्डी ५८ रनमा आउट भए ।

जोन मोनीसँग २१ सनको साझेदारी गर्दै ओब्रायन पनि ४८ औं रनमा आउट भए । आयरल्याण्डका तर, अन्य ब्याट्सम्यान चल्न सकेनन् ।
दक्षिण अफ्रिकाका काइल एबोटले चार विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment