Comments Add Comment

एमाले सचिव भन्छन्-कांग्रेससँगको यात्रा घाटाको ब्यापार

१९ फागुन, झापा । नेकपा एमालेका सचिव योगेश भट्टराईले संविधान निर्माणको प्रक्रिया अघि नबढाउने हो भने एमालेले सरकार रुँगेर नबस्ने प्रष्ट पारेका छन् ।

yogeshनेता भट्टराईले एमालेका लागि कांग्रेससँगको सत्ता सहयात्रा घाटाको व्यापार भएको टिप्पणी समेत गरेका छन् ।

झापाको बिर्तामोडमा मंगलबार प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले भने-‘संविधान निर्माणको प्रक्रिया अविलम्ब अघि नबढाउने हो भने सरकारको विकल्प खोज्नुपर्ने हुन्छ । सरकारमा बसेर घाटाको ब्यापार गर्ने रहर एमालेलाई छैन । ‘

सचिव भट्टराईले कांग्रेससँगको सत्ता सहयात्रा एमालेको हितमा नभए पनि संविधानको मूल्यमा आफूहरुले कांग्रेससँग बाध्यतावास सहयात्रा गर्नुपरेको बताए ।

उनले एमाओवादी नेतृत्वको विपक्षी मोर्चा पनि विनाशर्त वार्तामा आउनुपर्ने भन्दै शर्त भिडाउँदा वार्ता हुन नसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment