Comments Add Comment

अमलाले बनाए १०८ इनिङमै २० शतकको कीर्तिमान

Hashim-Amla

दक्षिण अफ्रिकाका हासिम अमलाले विश्वकपमा मंगलबार आयरल्याण्डविरुद्ध उत्कृष्ट पारी खेल्दै करियरको २० औं शतक बनाए ।

विश्वकपको दोस्रो ठूलो स्कोर ४११ रन बनाउने क्रममा उनले फाफ डु प्लेसिसले दोस्रो विकेटका लागि २४७ रनको उत्कृष्ट साझेदारी गरे । उनले १२८ बलमा १४ चौका र चार छक्काको मदतमा १५९ रन बनाए ।

यससँगै उनी वेन डे क्रिकेटमा सबैभन्दा कम इनिङमा २० शतक हान्ने क्रिकेटर बनेका छन् । उनले मात्र १०८ इनिङमा २० शतक बनाएका हुन् ।

यसअघि भारतका विराट कोहलीले १३३ इनिङमा २० शतक बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment