Comments Add Comment

क्यानको अध्यक्षमा पुनः विनोद ढकाल

CAN-New-Member
१९ फागुन, काठमाडौं । कम्प्यूटर एशोसियसन अफ नेपा महासंघ (क्यान महासंघ)को अध्यक्षमा पुनः विनोद ढकाल निर्वाचित भएका छन् ।

ढकालले आफ्ना प्रतिस्पर्धी नारायण न्यौपानेलाई हराउँदै अध्यक्षमा विजयी भएका हुन् । यसअघि नारायण न्यौपाने महासंघको द्धितिय उपाध्यक्ष रहेका थिए ।

निर्वाचनमा ढकाल र न्यौपाने आ-आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिएका थिए । निर्वाचित हुने अधिकांश पदाधिकारी तथा कार्यसमिति सदस्य ढकाल प्यानलका रहेका छन् ।

महासंघको प्रथम उपाध्यक्षमा हेमन्त चौरसिया, द्धितिय उपाध्यक्षमा संजय थापा, तृतीय उपाध्यक्षमा रोमकान्त पाण्डे, महासचिवमा विश्वराम वलामी, सचिवमा सुनैना घिमिरे पाण्डे र कोषाध्यक्षमा रञ्जित कुमार पोद्दार विजयी भएका छन् ।

सदस्यहरुमा अभिजित गुप्ता, अरुण कुमार बंशल, असोक बाबु राना, खुसल रेग्मी, जगन बहादुर गुरुङ्ग (मनोनित), टेक राज पनेरु, ठाकुर कुमार श्रेष्ठ, दिपेश पाठक, नारायण बहादुर थापा, नवराज कुंवर, नरेश बहादुर मल्ल (मनोनित), पवन कुमार शर्मा निर्वाचित भए ।

त्यसैगरि, बिरेन्द्र बज्राचार्य, भिवध्वज श्रेष्ठ, रेशम गिरी, रेग बहादुर भण्डारी, सुमनलाल प्रधान, शेखरनाथ दुलाल, सुनिल दत्त ओझा, सन्देश गोपाल न्याच्छों, श्यामकल श्रेष्ठ र हेमपाल श्रेष्ठ निर्वाचित भएको महासंघले जनाएको छ ।

क्यान महासंघको फागुन १६ र १७ गते राजधानीमा भएको २१औं वाषिर्क साधारणसभा तथा ११औं कार्यसमिति निर्वाचनले नयाँ कार्यसमिती चयन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment