Comments Add Comment

लाङटाङ पदयात्रा : ६ दिनको बाटो (फोटो फिचर)

Langtang-Himal-650

शब्द/तस्वीर : भरतबन्धु थापा

छेउछाउमा सेताम्मे हिमाल । वीचमा हिउँले सेतै ढाकिएको मानव वस्ती । घर जति छन्, प्रायः सबै होटल हुन् । नेपालमा पदयात्रामा आउने पर्यटकको तेस्रो रोजाइमा पर्ने रसुवा जिल्लास्थित लाङटाङको दृश्य हो यो । क्यानजेन भ्यालीको पदयात्रामा यसलाई अन्तिम गन्तव्य मानिन्छ ।

समुन्द्री सतहबाट ३ हजार ८ सय ५० मिटर उचाइमा अवस्थित लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने क्यानजेन भ्याली लाङटाङ हिमाल हेर्नका लागि सबैभन्दा उपयुक्त स्थल हो ।

काठमाडौंबाट नजिकै रहेको र यात्राको समय कम लाग्ने भएकाले यहाा पर्यटकको आकर्षण रहने गरेको छ । आँखै अगाडि हिमाल हेर्न सकिने भएकाले पनि यो लाङटाङ पदयात्राका लागि विदेशीहरु झुम्मिने गरेका छन् ।

यो पदयात्रामा लाङटाङ हिमाल (७२४६ मि) सँगै नेपाल र तिब्बतका दर्जनौं हिमश्रृंखला हेर्न पाइन्छ । क्यानजेन भ्यालीबाट साढे दुई घण्टाको ठाडै उकालो हिँडाइ पश्चात पुग्न सकिन्छ क्यानजेन री ।

Langtang-Himal-(10)

पहिलो दिन- काठमाडौंबाट रसुवाको स्याप्रुबेंसीसम्म जीप अथवा बसमा ५ घण्टा

दोस्रो दिन-लामा होटल

तेस्रो दिन-लाङटाङ

चौथो र पाचौं दिन क्यानजेन भ्याली

छैटौं दिन- फेरि लामा होटल

सातौं  दिन-स्याप्रुबेसी हुँदै काठमाडौं

लाङटाङमा एकपटक पाँच सयजना बास बस्ने क्षमता रहेको तिब्बत होटलका सञ्चालक ग्याल्बो तामाङ बताउँछन् । उनी भन्छन्-पहिले पहिले गोरा पर्यटकहरु मात्र आउने गर्थे, अहिले नेपालीहरु पनि उत्तिकै आउने गरेका छन् ।

गोरा पर्यटकहरु योजना बनाएर पूर्वजानकारी दिएर आउने गरेका तर नेपालीहरु भने त्यसो नगर्दा कहिले काहीँ बास बस्न समस्या हुने गरेको बताउँछन् व्यवसायीहरु ।

होटल व्यवसायी लामा लाङटाङ पदयात्रामा निस्कने पदयात्रीले पर्यटकलाई चाहिने उचित जानकारी नहुँदा समस्या झेल्नुपरेको बताउँछन् । उनी भन्छन्- यदि भ्यालीमा सूचना केन्द्र भइदिएको भए यस्तो समस्या हुने थिएन ।

क्यानजे भ्याली हुँदै गञ्जला पास (५२००मि) भएर हेलम्बु निस्कन लागि तीन दिन अरु छुट्याउनुपर्ने हुन्छ । तर, गन्जाला पास पार गर्न चाहनेका लागि खानपिन र बासको सबै व्यवस्थापन आफै गर्नुपर्ने हुन्छ ।

काठमाडौंबाट लाङटाङ पदयात्रामा निस्कन एक हप्ताको सयम चाहिन्छ ।

Langtang Himal (1)
हेलिकोप्टरबाट देखिएको क्यानजेन भ्यालीको मनमोहक दृश्य
Langtang Himal (3)
क्यानजेन भ्यालीतर्फ जाँदै एक पर्यटक । पृष्ठभूमिमा देखिएको हिमाल लाङटाङ हो ।
Langtang Himal (4)
क्यानजेन भ्यालीबाट हेलम्बु निस्कने क्रममा गन्जलापास हेर्दै
Langtang Himal (5)
क्यानजेन भ्यालीमा एक महिलामा मोबाइलमा कुराकानी गर्दै

Langtang Himal (7)

Langtang Himal (8)
क्यानजेन भ्यालीका हिउँमा रमाउँदै एक पर्यटक
Langtang Himal (9)
क्यानजेन भ्यालीमा रहेका हेटलरहरू । जहाँ एक साताअघि हिउँ पर्दाको दृश्य । यो क्षेत्र ३ हजार ८५० मिटर उचाइमा छ ।

Langtang Himal (11)

Langtang Himal (12)
क्यानजेन गुम्बा परिसरको दृश्य
Langtang Himal (13)
क्यानजेन री जाने क्रममा देखिएको दृश्य ।
Langtang Himal (14)
विहान सूर्यको किरण लाङटाङ हिमालको चुचुरोमा पर्दाको दृश्य
Langtang Himal (15)
क्यानजेन री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment