Comments Add Comment

एलजीले ल्यायो ‘एल ६० डुअल’ स्मार्टफोन, मूल्य ९ हजार ९ सय ९९

LG-L60-Dual-final

काठमाडौं । एलजीको नयाँ स्मार्टफोन ‘एल ६० डुअल’ नेपाली बजारमा भित्रिएको छ । अत्याधुनिक बनावट तथा सुविधा रहेको स्मार्टफोन सिजी इम्पेक्सले भित्राएको हो ।

‘एल ६० डुअल’ मूल्य नेपाली बजारमा ९ हजार ९ सय ९९ सय रुपैयाँ तोकिएको छ । यसमा ४.३ इञ्चको डिस्प्ले रहेको छ जसमा ८००×४०० पीक्सल रिजोलुसन छ ।

दुई सिम चलाउन मिल्ने ‘एल ६० डुअल’ ४.४ किटक्याट अपरेटिङ सिष्टममा चल्छ । १.३ गीगाहर्ज डुअल कोर प्रोसेसर, ५१२ एमबी र्‍याम र ४ जीबी रोम, अगाडि ०।३ मेगापिक्सल र पछाडि ५ मेगापिक्सल एलइडी फ्लास क्यामेरा, १५४० एमएएच क्षमताको ब्याट्री लगायतका सुविधाहरु यसमा रहेका छन् ।

यसबाहेक फोनमा ‘नक अन’, गेस्ट मोडजस्ता उच्चस्तीय विशेषताहरु समेत रहेका छन् । जसले गर्दा फोन अझ लोभ लाग्दो बनाएको छ । नक अनका कारण डिस्प्लेमा विस्तारै दुई पटक नक गर्दा डिस्प्ले खुल्ने र बन्द हुने गर्दछ ।

गेस्ट मोड भएको हुँदा मोबाइल प्रयोगकर्तार्ले अरूले मोबाइल चलाउँदा आफूलाई चाहिने फाइलहरू सुरक्षति राख्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment