Comments Add Comment

करिश्मालाई देखाउन गोपिकृष्णले सुरु गर्‍यो ‘ठमेल डट कम’

nita-pokheral
नायिका करिश्मा मानन्धर र गोपिकृष्ण मुभिजविचको युद्ध अगाडि देखिएको छ । करिश्माले गोपिकृष्ण मुभिजसँग मिलेर बनाउने भनिएको चलचित्र ‘फागु’ अन्तिम अवस्थामा आएर छोडेपछि यो चर्चित ब्यानर चिडिएको थियो ।

उसले, आफ्नै ब्यानरमा निर्माण हुन लागेको दोश्रो चलचित्र ‘ठमेल डट कम’को शुभसाइत गरेको छ । आज काठमाण्डौमा आयोजना गरिएको कार्यक्रममा संचारमन्त्री डाक्टर मिनेन्द्र रिजालले क्ल्याप ठोकेर शुभसाइत गरे । कलाकार प्रमोद अग्रहरी र निता पोख्रेलले संवाद बोले । चलचित्रका अन्य कलाकारको छनोट भएको छैन ।
thamel-dot-com
उद्धव पौडेलको प्रस्तुतीमा तयार हुन लागेको यो चलचित्रलाई राजकुमार शर्माले लेखन तथा निर्देशन गर्दैछन् । चलचित्रमा राजु विक्रम थापाको छायांकन, एनबी महर्जनको एक्सन, बसन्त सापकोटा र अर्जुन पोख्रेलको संगीत छ । चलचित्रमा मनोज केसी क्रियटिभ हेडको रुपमा छन् । चलचित्रमा प्रकाश हमाल प्रोडक्शन म्यानेजर, ड्रेस डिजाइनर निरा राणा, ब्रजेश खनालको पटकथा तथा संवाद, दयाराम पाण्डेको गीत, गोविन्द राइको नृत्य छ ।

नायिका करिश्मा मानन्धरले सुटुक्क संझौता तोडेपछि गोपिकृष्ण मुभिजले हतारमा यो  फिल्मको घोषणा गरेको श्रोत बताउाछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment