Comments Add Comment

प्रियंका, संचिताको होली रमझम(फोटो फिचरसहित)

priyanka-karki
नेपालीहरुको महान् पर्व फागुको अवसरमा गोपिकृष्ण टेलिभिजनले ‘फिल्मी होली’को आयोजना गरेको छ । आज आयोजना गरिएको कार्यक्रममा कलाकार, पत्रकारले होलीको रमझममा रमाइलो गरेका छन् ।
sanchita-dance
‘फिल्मी होली’मा नायिका प्रियंका कार्की, संचिता लुइटेल पुगेका थिए । यस्तै, कलाकारहरु पवित्रा आचार्य, आश्मा डीसी, एनी कुँवर पनि होलीको रमाइलोमा देखिए । निर्देशक बसन्त निरौला, कलाकार यशराज, हसन खान पनि होलीको रमाइलोमा झुमिएका थिए ।
aasma-holi
होली विशेष कार्यक्रममा चलचित्र ‘होस्टेल रिटन्स’ र ‘पूनर्जन्म’को कलाकार र निर्माणपक्ष पनि देखियो । कार्यक्रममा संगीतकारहरु टंक बुढोथोकी, ताराप्रकाश लिम्बु, बसन्त सापकोटाले चर्चित गीत गाएका थिए । यस्तै, गायक यूवराज चौलागाई, गायिका सहिमा श्रेष्ठले पनि आफ्ना चर्चित गीत गाएका थिए ।
bimlesh-and-sraj
बिहिबार काठमाण्डौमा फागु पर्व भएपनि गोपिकृष्ण टेलिभिजनले आज नै होलीको कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा कलाकार तथा पत्रकारहरुले रंग दलेर र पानी छ्यापेर रमाइलो गरे । tara-limnu-and-aasma

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment