Comments Add Comment

ग्लोबल आइएमईको धनुषामा शाखारहित बैंकिङ सेवा

Glowal-IME-Bank-Dhanusha
१९ फागुन, काठमाडौं । ग्लोबल अइएमई बैंकले धनुषको यदकुँहा गाविसमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । यो सहित बैंकका शाखारहित बैंकिङ सेवा ३२ स्थानमा विस्तार भएको छ ।

सेवाको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले उद्घाटन गरे । उनले व्यवसायीक प्रतिनिधिलाई प्रमाणपत्र हस्तान्तरण गरि सेवा सुरुवात गरेका हुन् ।

सेवा सञ्चालनका लागि स्थानिय व्यवसायी श्याम कुमार चौधरीलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । शाखारहित बैंकिङ सेवामार्फत धनुषा जिल्लाको यदुकुहाँ गाविस र त्यस आपसपासका अन्य गाविसहरुमा बैंकिङ सेवा उपलब्ध गराइने छ ।

ग्लोबल आइएमई बैंकका ८४ शाखा, ८८ वटा एटीएम, ३२ वटा  शाखारहित बैंकिङ्ग सेवा तथा ५ लाख भन्दा बढी ग्राहक रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment