Comments Add Comment

पोल्याण्ड पठाई दिन्छु भन्दै ठगी गर्ने राम एकवाल पक्राउ

१९ फागुन, काठमाडौं । रोजगारीको लागि पोल्याण्ड पठाई दिन्छु भन्दै ठगी गरेको आरोपमा राम एकवाल चौधरी पक्राउ परेका छन् ।

Ram-Eakwal-chaudharyबाराका चौधरीले अमाव-४ का उत्तम चौधरीलाई ७ लाखमा वर्किङ भिसामा पोल्याण्ड पठाउँदिने भन्दै ३ लाख लिएका थिए । रकम दिएछि चौधरी एक वर्षदेखि फरार थिए ।

उनलाई धापासीबाट नियन्त्रणमा लिएकोमा महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । उनलाई बैदेशिक रोजगार ठगी अपराधको अनुसन्धान तथा कारवाहीका लागि बैदेशिक रोजगार विभाग पठाइएको छ ।

राम एकवाल चौधरीले अन्य व्यत्तिलाई पनि विभिन्न देशमा रोजगारीको लागि पठाई दिन्छु भनि ठगी गरेको हुन सक्ने भन्दै प्रहरीले अपराध महाशाखामा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment