Comments Add Comment

केजरीवाल र भट्टराईबीच बैकल्पिक राजनीतिबारे छलफल

Baburam-and-Arvind-1

१९ फागुन, काठमाडौं । भारत भ्रमणमा रहेका एमाओवादी नेता डा. बाबुराम भट्टराई र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालबीच भेटवार्ता भएको छ ।

आम आदमी पार्टीका संयोजक समेत रहेका केजरीवाललाई भेट्न भट्टराई आपको कार्यालय पुगेका थिए । भेटमा बैकल्पिक राजनीतिबारे अनुभव आदान प्रदान भएको भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिए ।

बैठकमा परम्परागत लोकतन्त्रको पक्षमा भन्दा सधै जनतामा जाने र जनताकै पक्षमा काम गर्ने शैली विकास गर्नु पर्नेमा दुबै नेताको सामान धारणा थियो ।

पाण्डेका अनुसार केजरीवाल र भट्टराईबीच भ्रष्टाचार, अनियमितता जस्ता जनता विरोधी काम अन्त्य गर्ने गरी लोकतन्त्रको नयाँ मोडल विकास गर्नेबारे समेत छलफल भएको छ ।

प्रणव मुखर्जी र भट्टरार्इबीच भेट

एमाओवादीका बरिष्ठ नेता डा. भट्टराईले मंगलबार भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन नयाँ दिल्लीमा भएको भेटमा भारतीय राष्ट्रपति मुखर्जीले नेपालको समकालीन राजनीतिबारे जिज्ञासा राखेका थिए ।

साथै उनले सबै दल र नेताहरुलाई संविधान निर्माणको काममा सफलताको शुभकामना सुनाइदिन भनेको भट्टरार्इको निजी सचिवालयले जनाएको छ ।

जवाफमा नेता भट्टराईले शान्ति प्रक्रियालाई पूर्णता दिने प्रक्रियामा रहेको उल्लेख गर्दै अहिले केही अवरोध भएता पनि दलहरु छिट्टै एउटा सहमतिमा पुगेर शान्ति प्रक्रियाले पूर्णता पाउने विश्वासमा आफूहरु रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment