Comments Add Comment

महाकाली नदी बीचमा अपलत्र परेका ३६ जनाको उद्दार

Mahakali-ma-uddar

दीपक उपाध्याय

१९ फागुन, कैलाली । महाकाली नदीको बीच भागमा रहेको टापूमा अलपत्र परेका ३६ जनालाई मंगलबार उद्धार गरिएको छ । बालुवा र गिट्टी संकलन गर्न नदीको बीचको टापूमा पुगेका उनीहरु पानीको बहाव बढेपछि त्यहाँ फसेका थिए ।

भीमदत्त नगरपालिका ऐरीघाट क्षेत्रमा महाकाली नदीको बीच टापूमा फसेका बालबालिकासहित ३६ जनाको सकुशल उद्धार गरिएको नेपाली सेनाको महेन्द्रनगरस्थित हनुमानध्वज गुल्मका गुल्मपति सेनानी डम्बरबहादुर आलेमगरले जानकारी दिए ।

सशस्त्र प्रहरी र सेनाको टोलीले डुंगाको सहारामा उनीहरुलाई उद्धार गरेको हो । तीन दिन लगातार परेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि महाकाली नदीको बीच टापूमा अलपत्र परेका हुन् ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेका अनुसार महाकाली नदी किनारको टापूमा गएर बालुवा, ढुंगा र गिट्टी संकलन गर्न उनीहरु त्यहीँ छाप्रा बनाएर काम गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment