Comments Add Comment

ओसाकामा अध्यक्ष शेष घलेसँग अन्तरक्रिया, एनअारएन भवनका लागि २१ लाख संकलन

tokyo

टोकियो । जापान भ्रमणमा रहनुभएका एनआरएनका  अध्यक्ष शेष घलेले सोमबार साँझ ओसाकाबासि नेपाली समुदायसंग भेटघाट तथा अन्तरक्रिया गर्नु भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष घलेले काठमाडौँमा निमार्णधिन एनआरएन भवनको आवश्यकता र योजनाका  बारेमा जानकारी दिनु भएको थियो । कार्यक्रममा बोल्दै घले ले आफुले नेतृत्व लिदा गरेका प्रतिबद्दता अनुसार नै भवन को आवश्यकतालाइ प्राथमिकता दिदै हिडेको र यो अब लगभग पुरा हुने स्थितिमा पुगेकोले अव आफु अर्को अभियानमा लाग्ने जानकारी दिनु भयो ।

आफ्नो दोश्रो अभियानको बारे जानकारी दिदै उहाले ९ तारिक भवनको शिलान्यास पछि कल्याणकारी कोष निर्माणको कार्यमा लागि पर्ने बताउनु भयो । कार्यक्रममा एनआरएनका उपाध्यक्ष एबम बिशेष अतिथि भवन भट्ट , एसिया प्यासिफिकका निवर्तमान संयोजक त्रिलोक गुरुङ , एशिया प्यासेफिकका उपसंयोजक रोविन्द श्रेष्ठ , आइ सी सी सदस्य ओम गुरुङ ,एन आर एन जापानका रास्ट्रीय संयोजक पारस मणि पोख्रेल रास्ट्रीय उप संयोजक तुलशी राम खरेल, लगाएत विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो । कार्यक्रममा सहभागिहरुले राखेका विभिन्न जिज्ञासालाई अध्यक्ष घलेले जवाफ दिनु भएको थियो ।

अध्यक्ष घलेले एन आर एन भवन  निर्माणको औचित्य र यसको उधेश्य बारे जानकारी दिनु भएपछि सहभागीहरुले आफुहरु पनि यो अभियानलाई आफ्नो इच्छा अनुसारको सहयोग गर्ने बचन बद्दता ब्यक्त गरेका थिए । सोहि अनुसार ओसाका को अन्तरक्रिया कार्यक्रममा मात्र जापानिज येन करिब रु. २१ लाख संकलन भएको जानकारी एन आर एन कान्साई का सचिब रमेश बाबु घिमिरे ले दिनु भएको छ ।   कार्यक्रममा कान्साईका  संयोजक नरेन्द्र बस्नेत,  रास्ट्रीय उप संयोजक तुलशी राम खरेल सल्लहाकार हरि राज ढकाल, गैरे समाजका आत्माराम गैरे, राजु शर्मा गैरे लगायत ले अतिथिहरुलाई खादा ओढाई स्वागत एबम सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा कान्साई संयोजक नरेन्द्र बस्नेत ले स्वागत मन्तब्य राख्नु भएको थियो भने धन्यबाद मन्तब्य एन आर एन जापानका रास्ट्रीय उप संयोजक तुलशी राम खरेल ले गर्नुभएको थियो ।  एन आर एनको यो अभियानलाई जापानबासी  नेपालीहरुले  तन,मन ,धनले सहयोग गर्ने छन् भन्दै  जापानका अध्यक्ष पारसमणि पोखरेलले  भवन निर्माणको लागि जापानबाट २ करोड रुपैया सहयोग गर्ने लक्ष्य राखिएको बताउनु भयो ।

कार्यक्रम स्थल लगायत खानपिन को प्रबन्ध सुरज इन्डियन रेस्टुरेन्ट ले मिलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment