Comments Add Comment

तीनकुनेको सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान घाइते

१९ फागुन, काठमाडौं । काठमाडौंको तीनकुनेमा मंगलबार साँझ भएको सवारीमा हिरा लामाको मृत्यु भएको छ । दुर्घटनामा उनका श्रीमान घाइते भएका छन् ।

ना २ ख २७३५ नम्बरको डिजेल बोक्ने ट्यांकरले बा ५२ प ५८३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि बसेकी काभ्रेकी लामाको मृत्यु भएको छ ।

दुर्घटनामा चालक गणेशबहादुर लामा घाइते भएका छन् । उनको उपचारका लागि शिक्षण अस्पताल लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment