Comments Add Comment

युद्धको रंग पछाडिका मानिस

Hamid-Hassan

विश्वकप २०१५ को सबैभन्दा अकर्षक तस्वीरमा एक अफागानिस्तानका हमिद हसानको हुनेछ । जो, कालो र बाक्लो कपालमा हेडब्याड लगाउँछन् र आफ्नो दुबै गालामा झण्डाको रंग पोत्छन् ।

विश्वकपमा अफागानस्तानको पहिलो सहभागिताले प्रतियोगितामा सुन्दरता थपेको छ । युयन नेभरकको भारतबिरुद्धको क्याचबाट सुरु भएको एसोसियट टीमको इतिहासमा हसनको सेलिब्रेसन थपिएको छ ।

विश्पकपमा श्रीलंकाका लेजेन्ड कुमार सागाकाराको विकेट लिएपछि हसलने गरेकोसेलिब्रेसनले सबैलाई मनोरन्जन दियो । उनले एक्रोब्याटिक गरेर विकेटको खुसी मनाएका थिए ।

Hamid-Hassan-celebration

सन् २००१ सम्म राष्ट्रिय क्रिकेट टीम समेत नभएको अफगानिस्तानको विश्वकप यात्रा एशोसिएट नेशनका लागि आशाको किरण हो । २००८ मा डिभिजन फाइभ खेलेको अफगानले लगातार फड्को मार्दै ७ वर्षमा विश्व क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा आफुलाई प्रस्तुत गर्‍यो ।

छिमेकी देश पाकिस्तानको शरणार्थी शिविरमै क्रिकेट सिकेाकहरुको बाहुल्यता रहेको अफगान टीमले विश्वकपमा स्कटल्याण्डबिरुद्ध १ विकेटको रोमान्चक जित निकाल्यो । सामिउल्लाह सिनवारीले कुशलतापूर्वक ९६ रन जोड्दै स्कटल्याण्डबिरुद्ध जितको आधार तयार पारेका थिए ।

विश्वकपका तीन खेलमा ६ विकेट लिएका हसन समूह चरणका खेलमा ‘मिन्नो’ (एक प्रकारको माछा) ट्याग पाउने थुप्रै अफगानी मध्येका एक हुन् । लेफ्ट आर्म फास्ट बलर सापुर जादरानले पनि ३ खेलमा ७ विकेट लिँदै धेरैको ध्यान खिचेका छन् ।

हसनले आफ्नो टीमको सफलताको शुत्र टीम यूनिटी हो भन्छन् । ‘हामी एकअर्काबीचमा माया छ र सबैभन्दा महत्वपूर्ण कुरा हाम्रो पछाडि अफगान समर्थकहरु छन् ।’

उनले अघि भने-‘हामी भित्रबाटै खल्छौं । जेसुकै होस, चाहे हामी हारौं या जितौं । त्यो मतलब छैन हामी अन्तिम बलसम्म प्रयास गर्छौं ।’
ब्लू टाइगरको उपनाम पाएको अफगानिस्तानले बुधबार आयोजक मध्ये एक अष्ट्रेलियासँग खेल्दैछ । यसअघि सन् २०१२ मा अफागानले अष्टे्रलियासँग खेलेको थियो, जुन खेलमा अष्ट्रेलिया ६६ रनले बिजयी भएको थियो ।

सन् २०१२ मा इन्जुरीका कारण अष्टे्रलियाबिरुद्धको खेल गुमाएका हसन फास्ट बलिङ पिचमा आफुलाई टेस्ट गर्न चाहन्छन् ।

मैदानमा आफूले केही गल्ती गर्दैछु भन्ने लाग्यो भने ठूलो स्त्रिmनमा आफैलाई हेर्ने गरेको भन्दै उनले भने-‘अनि भन्छु त देशका लागि खेल्दै छस् र अहिले के गर्दै छस् भन्ने सोच । त्यसैले मैले ध्यान दिन्छु कि तेरो देशले तँलाई अबसर दिएको छ अब तैले देशलाई केहि दिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment