Comments Add Comment

हिमपातमा परेर दुईको मृत्यु,एकको उद्धार

१९ फागुन, मुस्ताङ । शनिबार रातिदेखि परेको भारी हिमपातमा परी दुई जनाको मृत्यु भएको छ ।

मुक्तिनाथ र कागबेनी गाविसका बीचमा पर्ने कालोभिरमा हिउँमा पुरिएर बाग्लुङ निसीका रमेश बुढा र रुकुमका दीपा विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक गोविन्द पाठकले जानकारी दिए ।

उनीहरुको स्थानीयवासीको भेडा हेर्न जाने क्रममा हिउँमा पुरिएर मृत्यु भएको हो । उनीहरुसँगै रहेका बाग्लुङ अधिकारीचौरका चेतबहादुर कामीलाई भने बिरामी अवस्थामा उद्धार गरिएको छ ।

सोमबार दिउँसो खबर आएपछि जिल्ला प्रहरी कार्यालय र नेपाली सेनाको टोलीले राति अबेर अचेत अवस्थामा रहेका कामीको उद्धार गरेको थियो । प्रनाउ पाठकका अनुसार मृत्यु भएका दुवैको शव हिउँबाट बाहिर निकाल्न सकिएको छैन ।

मङ्गलबार पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी २५ जनाको टोलीले उद्धार गरे पनि हालसम्म शव बाहिर निकाल्न नसकिएको बताइएको छ ।  मंगलबार बिहानसम्म निरन्तर हिमपात भइरहेको छ । अहिले हिउँ पर्न रोकिए पनि पानीपर्ने क्रम रोकिएको छैन । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment