Comments Add Comment

अनुष्काबारे लेखेको भन्दै पत्रकारलाई विराटको गाली

Virat-kohali

भारतका उपकप्तान विराट कोहली फेरि विवादमा आएका छन् । तर, यो पटक विपक्षी टीमका खेलाडीसँगको झगडाका कारण नभए पत्रकारलाई गाली गरेका कारण उनी विवादमा छन् ।

विश्वकपमा भारतले शुक्रबार वेष्टइण्डिजसँग खेल्दैछ । पीटीआईका अनुसार विराट कोहली अभ्यासपछि ड्रेसिङ रुपमा फर्किँदै थिए । जब उनले एक पत्रकारलाई आफ्नो अगाडि देखे, तनाथाम गाली गरे ।

उनले निकै भद्दा भाषा प्रयोग गरेर गाली गरेका थिए । जसलाई विराट गाली गरिरहेको थिए, ती पत्रकारले समेत केही बुझेनन्, न टीमका सदस्यहरुले नै ।

जब कोहली शान्त भए, उनले एक पत्रिकामा प्रेमिका अनुष्का शर्माबारे छोपिएको लेखका कारण उनले यस्तो गाली गरेका हुन् । तर, उक्त लेख ती पत्रकारले लेखेका थिएनन् ।

कसैले विराटलाई यो बताएपछि उनले अर्का पत्रकारमार्फत माफीको सन्देश पठाएका छन् ।

घटनापछि टीम इण्डियाका डाइरेक्टर रवि शास्त्रीले विराटलाई संयमित हुन आग्रह गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment