Comments Add Comment

एसएलसीमा खटिनेको भत्ता तेब्बर

२० फागुन, काठमाडौं । एसएलसी परीक्षामा खटिने जनशक्तिको भत्ता तेब्बरसम्म बढेको छ । सुरक्षा पनि अघिल्ला वर्षभन्दा बढाइएको छ । सबैभन्दा बढी सुरक्षाकर्मीको भत्ता बढेको छ ।

slc-exam

यस वर्षको एसएलसी परीक्षा पाँच चैतबाट सुरु हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्ष देशभर एक हजार आठ सय ६२ परीक्षा केन्द्र तोकिएको छ । सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौंमा ९१ र सबैभन्दा कम मनाङ र मुस्ताङमा एक-एकवटा तोकिएको नयाँ पत्रिकामा खबर छ ।

परीक्षा नियन्त्रक विष्णुकुमार द्वारेले यस वर्षको परीक्षा एउटा केन्द्रमा सुरक्षाका लागि तैनाथ हुने प्रहरीको संख्या १५ जना तोकिएको बताए । यसअघि १० जना परिचालन गर्ने व्यवस्था थियो । पनिकाले एउटा केन्द्रमा १५ जना सुरक्षाकर्मीलाई एक सय ५० को दरले खाजाभत्ता व्यवस्था गर्ने भएको छ ।यसअघि सुरक्षाकर्मीलाई प्रतिदिन ५० रुपैयाँ दिने गरिएको थियो । त्यस्तै केन्द्राध्यक्षको भत्ता पाँचसय बाट आठ सय, सहायक केन्द्राध्यक्षको तीन सय ५० बाट पाँच सय, निरीक्षकको दुई सयबाट दुईसय ५०, कार्यालय सहयोगीको सयबाट दुई सय पुर्‍याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment