Comments Add Comment

बुधवारका दैनिक पत्रिकामा बिजनेस खबर

राजधानीबाट बुधबार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुमा भारतबाट बिजुली किन्दा ६ महिनामा सवा अर्ब नोक्सान, राष्ट्रिय वाणिज्य बैंकको पौने तीन अर्बको सेयर यसैवर्ष, सबै दूतावास र नियोगबाट ‘ब्यापार कुटनीति’ शीर्षकमा मुख्य खबर प्रकाशित छन् ।

कारोबार दैनिकले भारतबाट बिजुली किन्दा ६ महिनामा सवा अर्ब नोक्सान, कार्टेलिङ तोड्न सेना र प्रहरीले इन्धन आपूर्ति बढाउने, कोरियामा स्नातकलाई पीआर, एक वर्षपछि महासंघमा पद बाँडफाँड, याङग्री र लार्केबाट पानी ल्याउन अध्ययन सुरु लगायतका खबर छन् ।

नागरिक दैनिकमा राष्ट्रिय वाणिज्य बैंकको पौने तीन अर्बको सेयर यसैवर्ष, प्रवर्द्धन खर्चमा उखु विवाद अल्भिmयो, त्रिभुवन विमानस्थलमा बेथिति, छुटले करमा तानेन, गोप्य टेण्डरविरुद्ध निर्माण ब्यवसायी, आयल निगमले ८.१५ अर्ब ऋण तिर्यो लगायतका खबर छन् ।

अभियान दैनिकमा सबै दूतावास र नियोगबाट ‘ब्यापार कुटनीति’, आईपीओमा नक्कली आवेदन, उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरुले जिम्मेवारी पाए, लोहोरेमा हाइड्रोपावर निर्माण कार्य सुरु, आयल निगमले १० अर्ब ऋण भुक्तानी गर्यो लगायतका खबर छन् ।

अन्नपूर्ण पोष्टमा नयाँ विमानस्थलले पोखराको प्याराग्लाइडिङ विस्थापित हुने, हाइड्रोमा कोरियामा रहेका नेपालीको लगानी, एनआईबीले फाइनान्सियल  फण्ड सम्मेलन गर्ने, भुइँस्याउ कोरिया निकासी, जापानले बनेपा-बर्दिबास सडक बैशाखमा हस्तान्तरण गर्ने लगायतका खबर छन् ।

आर्थिक दैनिकमा नक्कली आईसीको कारोबार गरेर १९ वर्षमा अर्बपति, अख्तियारमा सिफारिस परेका बस्न्यातले सहसचिव बढुवाको लागि नै नक्कली प्रमाणपत्र पेश गरेको खुलासा, सहकारी बैंकद्वारा अरुणिमा सहकारीलाई १३ वर्षको लागि करोडौं कर्जा लगायतका खबर छन् ।

11-karobar

22-nagarik

33-aviyan

44-annapurna

55-arthik

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment