Comments Add Comment

टर्कीस एयरको विमान काठमाडौंमा दुर्घटना, सबै यात्रुको सकुशल उद्दार (भिडियोसहित)

trukiss

  • दुर्घटनाग्रस्त विमान तस्वीर साैजन्यः दीकेश मल्होत्रा

२० फागुन, काठमाडौं । टर्कीस एयरको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका त्रममा दुर्घटना भएको छ । तर, सबै यात्रु सुरक्षित छन् ।

टर्कीको इस्थानबुलबाट काठमाडौंका लागि उडेको बिमान बुधबार बिहान अवतरणका क्रममा दुर्घटना भएको हो ।

पटक-पटकको अवतरण प्रयास असफल भएपछि चालकले विमानलाई बलपूर्वक अवतरण गराएका हुन् ।

भिडियो

त्यस क्रममा विमान दुई वटा रन वेको बीचको घाँसे मैदानमा दुर्घटना भयो । अवतरणका क्रममा विमानको अगाडिको पाग्रा नखुलेपछि विमानको अगाडिको भाग भूँईमा गएर जोगिएको छ ।

‘बाहिर केही देखिएको थिएन । तर, पटक पटक आकासमा घुमाएपछि केही गडबडी छ भन्ने लाग्यो’ यात्रु शशी पौडेलले अनलाइनखबरसँग भने-‘अतवरण भएपछि ठूलो आवाज आयो र दुर्घटना भयो भन्ने थाहा भयो ।’

उनका अनुसार त्यसबेला विमानभित्रका यात्रुहरु निकै आत्तिएका थिए । विमानभित्र रहेका लगेजहरु खेसेको थियो, जसले केही घाइते भएका छन् । Trukish Airlines (1)

अर्का यात्रु दीकेश मल्होत्राका अनुसार सुरुमा केही यात्रु भर्‍याङबाट आएपनि अन्यलाई भने आकश्मिक ढोका प्रयोग गरेर झरिएको थियो ।

पटक पटक वतरणको प्रयास गरेकाले सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै उद्दारका लागि सबै तयारी अवस्थामा राखिएको थियो । अधिकारीहरुका अनुसार विमान बलपूर्वक अवतरणका क्रममा पछाडिको भागमा आगो लागेपनि तत्काल नियन्त्रणमा लिइएको थियो । Trukish Airlines (3)

दुर्घटनामा विमानमा क्षति भएपनि सबै विमानमा सवार सबै यात्रु सकुशल रहेको विमानस्थल प्रमुख वीरेन्द्रबाबु श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

लगेजले लागेर तथा स्केटिङ गर्दै बाहिर आउने क्रममा चार जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि नर्भिक अस्पताल लगिएको छ ।
घाइतेको अवस्था सामान्य रहेको छ । विमानस्थलबाट बाहिरिएका यात्रुहरु ठूलो दुर्घटनाबाट बचेको भन्दै खुसी व्यक्त गरेका छन् ।

उद्दारपछि खुसी साट्दै यात्रुहरू

Passanger of Turkish Airliance at TIA (1)

Passanger of Turkish Airliance at TIA (2)

Passanger of Turkish Airliance at TIA (3)

Passanger of Turkish Airliance at TIA (4)

Passanger of Turkish Airliance at TIA (7)

Passanger of Turkish Airliance at TIA (9)

passangar  1

passangar  2 passangar 3

तस्वीरः श्रीधर पाैडेल/अनलाइनखबर।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment