Comments Add Comment

गाईको मासु खान नपाएकोमा बलिउडकर्मी असन्तुष्ट

richa-chadda_

मुम्बई ।  फरहान अख्तर, आयुष्मान खुराना, ऋचा चड्ढा लगायतका केही कलाकारले भारत सरकारले महाराष्ट्रमा गाइको मासुमाथि प्रतिबन्ध लगाएको घटनाप्रति आपत्ति जनाएका छन् ।

सरकारको यो कदमले मानव अधिकार उलंघन गरेको उनीहरुले आरोप लगाएका छन् ।

उक्त राज्यमा गाई मार्न प्रतिबन्ध लगाउने सम्बन्धि बिधेयक केही वर्षदेखि विचाराधिन थियो । सोमवार राष्ट्रपति प्रणब मुखर्जीले यसलाई सदर गरिदिएका छन् ।

फिल्म निर्देशक ओनिरले ट्वीटरमा लेखेका छन् ‘गोमांस प्रतिबन्ध मानवअधिकारको उलंघन हो । अब म के खाउँ मेरो खानाको वारेमा सरकारले निर्णय गर्न सक्दैन ।’

उनले यो पनि लेखेका छन् ‘मलाई लाग्छ भारतको लोकतान्त्रिक संविधान विविधता सुनिश्चित गर्न सक्दैन । गोमांसमाथीको प्रतिवन्ध यसको निराशाजनक परिचय हो ।’

अभिनेत्री ऋचाले आफु शाकाहारी भए पनि गाईको मासुमाथि प्रतिबन्ध साम्प्रदायिक राजनीति भएको बताईन् । कमेडियन वीर दासले लेखेका छन् ‘पि्रय सरकार गोमांसको साथै दाँतमा पनि प्रतिवन्ध लाईदिनुस् ।’

अभिनेता रणवीर शौरीले खानामा प्रतिबन्ध लाउन बन्द गर्न आग्रह गर्दै लेखेका छन् । शुक्रिया । निर्देशक शिरीष कुन्दराले सरकारलाई ब्याङग्य गर्दै लेखेका छन् ‘गाईलाई आउँदो चुनाबमा मतदानको अधिकार दिए भने अचम्म नमान्नु होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment