Comments Add Comment

गैँडाको आक्रमणबाट एकको मृत्यु

२० फागुन, चितवन  । चितवनको माडीमा निकुञ्जबाट निस्किएको गैँडाले हानेर एक पुरुषको मृत्यु भएको छ ।

बुधबार बिहान करिव ५ बजे माडी नगरपालिका १० स्थित घाँगर खोला नजिकै गैँडाले हानेर स्थानीय ३५ वर्षीय धनबहादुर कुमालको मृत्युभएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

बिहान नजिकैको गाउँ जीवनपुरबाट घरतर्फ आउने क्रममा बाटोमा गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका कुमालको उपचारका क्रममा बघौडा अस्पतालमा मृत्युभएको हो ।

यसअघि फागुन ६ गते पनि माडी नगरपालिका वडा नं ५ धोवाहामा गैँडाले हानेर स्थानीय ४५ वर्षीया विफला महतोको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment