Comments Add Comment

नम्रता श्रेष्ठले खोलिन् नयाँ रेष्टुरेण्ट

Namrata

काठमाडौ । नायिका नम्रता श्रेष्ठ अभिनयमा जति सफल छिन् ब्यबसायमा पनि उनको रफ्तार लोभलाग्दो छ । ठमेलमा पार्टनरसिपमा ‘एटिक’ रेष्टुरेन्ट सञ्चालन गरेकी नम्रताले अर्को पनि रेष्टुरेन्ट सुरु गरेकी छिन् ।

हालै उनले टंगालमा ‘टंगालउड’ रेष्टुरेन्ट सुरु गरेकी छिन् । चौबिसै घण्टा सेवा दिने उदेश्यसहित खोलिएको यो रेष्टुरेण्टमा बुटिक समेत रहने छ ।

आर्यान सिग्देल, रबिना देशराज श्रेष्ठ, निकुन श्रेष्ठ सहित केही सेलीब्रेटीको जमघटमा उनले रेष्टुरेन्ट शुभारम्भ गरेकी थिईन् ।

‘सानो संसार’ वाट फिचर फिल्ममा प्रवेश गरेकी नम्रताले मेरो एउटा साथी छ लगायत दर्जन चलचित्रमा अभिनय गरेकी छिन् । नाटक र म्युजिक भिडियोमा पनि उनको उपस्थिति शसक्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment