Comments Add Comment

अमेरिकामा “बोष्टनको चौतारी” को बिमोचन

bosten chautari bookयम पौडेल

बोष्टन । अन्तराष्ट्रिय नेपाली साहित्य समाज, बोष्टनले प्रकाशन गरेको एतिहासिक संगालो “बोष्टनको चौतारी” एक समारोहबीच बिमोचन गरिएको छ । मासाचुसेटस, क्याम्ब्रिज सिटीको सिडरस्ट्रिटस्थित हलमा बिश्वप्रसिद्ध हार्वर्ड युनिभर्सिटिका प्रोफेसर एवम् बरिष्ठ साहित्यकार डा. शिव गौतमले  बिमोचन गरेपछि सँगसँगै स्टेज रहेका साहित्यकारहरु भारती गौतम, अच्युत अधिकारी तथा हरी काफ्लेले पनि एक एकप्रति बिमोचन गरेर सार्वजनिक भएको हो ।

निकै समय लगाई मेहनतका साथ प्रकाशित संगालोमा देश बिदेशका चर्चित साहित्यकारदेखि नेपाली डायस्पोराका ऊदयमान प्रतिभाहरुहरुलाई समेटिएको छ । यो पुस्तक बोष्टनको चौतारी २९४ पृष्ठको छ । 

अनेसासका सचिव तथा कार्यक्रम सँयोजक यम पौडेलले प्राय कवितामै संचालन गरेको बिमोचन कार्यक्रममा बिशेष अतिथिको रुपमा न्यु मेक्सिकोदेखि आएर समाजसेवी तथा एनआरएन यूएसएको लागि सभापति पदका ऊम्मेदवार डा. केशव पौडेलले आयोजकको हौसला बढाएका थिए भने बोष्टनको हिऊ र पार्किङको समस्याको बावजुद नरऊडदेखि न्यु ह्याम्पसायर सम्मका नेपाली भाषा साहित्यप्रेमी नेपालीहरुले हल भरिएको थियो ।

कार्यक्रममा सँस्थाको तर्फबाट साहित्यकार महेश्वर पन्तले स्वागत भाषण, अनेसासका बोर्ड अफ ट्रष्टी होमनाथ सुबेदीको सन्देश, हार्वर्ड युनिभर्सिटी अध्यापनरत डा. मीना सिह खडकाद्वारा सरस्वति पूजा, स्टेजमा पुस्तक बिमोचन, बिमोचित पुस्तकमाथि कवि दीपा राईले टिप्पणी, अनेसासका केन्द्रीय सचिव गोबर्द्धन पूजाले संस्थाको गतिविधि, जीबीएनसीका अध्यक्ष राम थापा, पशुपतिनाथ बुद्ध फाऊण्डेशनका अध्यक्ष बिष्णुमणि आचार्य, नेपाली जनसम्पर्क समिति बोष्टनका अध्यक्ष ध्रुव घिमिरे, समाजसेवी झक गुरुङ, एनडब्लुजीएन कि अध्यक्ष रुक्मणि कार्की लगायतले शुभकामना मन्तब्य तथा श्रषटाहरू दीपा राई, ममता कर्माचार्य, अनु शाह, दिनेश राजभण्डारी, गौरब थपलिया, शान्ति जोशी लगायतले कविता वाचन गरेका थिए ।

ग्रेटर बोष्टनस्थित जीबीएनसी, प्याब्फोन,नेपाली जनसम्पर्क समिति, हिमालयन लायन्स क्लब,एनडब्लुजीएन,बोष्टन लोक सुसेली समूह, बिराटनगर समाज, तमु समाज, थकाली समाज लगायतका नेपाली संघ संस्थाबाट पदाधिकारीहरु सहभागी थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment