Comments Add Comment

सत्तरी वर्ष कुर्दा पनि बिजुली आएन

No-light२० फागुन, मोरङ । मोरङ थहाला-वीर टोलका झङ्ग्राहा चौधरी अहिले ७० वर्ष पुग्नुभयो । झङ्ग्राहा जन्मिएको र हुर्किएको त्यो ठाउँमा बिजुलीको प्रतीक्षामा बसेको ७० वर्ष भयो ।

तर बिजुली नआउँदा धेरै दुःख लागेको उनी बताउँछन । ‘गाउँमा बिजुली आउला र झलमल्ल बत्ती बालेर बस्न पाइएला भन्ने आशा गर्दागर्दै मेरो उमेरले डाँडा काट्न लाग्यो ।’ उनले भने ।

त्यतिमात्र होइन उनीजस्ता त्यही जन्मेर त्यही बिजुली आउला र बलौँला भन्नेहरु धेरैको उमेर ६० वर्ष कटिसकेको छ । तर पनी बिजुली नआउँदा उनीहरु निराश भएका छन् ।

मोरङको सदरमुकाम विराटनगरबाट करिब १२ किलोमिटर पूर्वमा पर्ने थलाहा-८ वीर टोलका स्थानीय बासिन्दाले अहिलेसम्म बिजुली बत्ती बाल्न पाएका छैनन् ।

बिजुली नआएकाले सो टोलका स्थानीयवासी अन्धकारमै जीवन बिताइरहनुपरेको टोलका अगुवा श्याम सरदार बताउँछन ।

गाउँमा बिजुलीका लागि वर्षौंदेखि पहल गर्दा पनि त्यसको सुनुवाइ नभएको उनीहरु बताउँछन् । सुगम जिल्लाका रुपमा चिनिएको मोरङको सदरमुकाम विराटनगरबाट नजिकै रहेको गाउँमा समेत अझैसम्म बिजुली पुग्न नसक्नु दुर्भाग्य भएको स्थानीय सीताराम विकले बताए ।

सो गाउँका ५० घर परिवारले अझै बिजुली बत्तीको उपभोग गर्न पाएका छैनन् । बिजुली बत्ती नहँुदा उनीहरुले महँगो मूल्यमा मट्टीतेल किनेर बत्ती बाल्ने गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment