Comments Add Comment

बाँच्नका लागि चलचित्र खेल्ने आर्यन, भन्छन्-‘थोरै चलचित्र खेलेर मलाई पुग्दैन’

punarjanma
असफल नायकको ट्याग भिर्दै गएपछि नायक आर्यन सिग्देलले आफ्नो मुख खोलेका छन् । उनले बर्षमा आधा  दर्जन चलचित्र प्रदर्शनमा आउँदा आफूलाई केही चलचित्र असफल भएर फरक नपर्ने बताएका छन् ।

आर्यनले आफूले बर्षमा १-२ वटा चलचित्र खेलेर नपुग्ने भन्दै अफर आएका सबै काम गर्नुपर्ने बताए । उनले भने-‘म बाँच्नका लागि चलचित्र खेल्छु । मलाई सिमित चलचित्र खेलेर मात्र पुग्दैन ।’ उनले चलचित्र असफल हुनुमा आफ्नो गल्ती नभएको बताए । आर्यनले चलचित्रको बिषयवस्तु दमदार भएको खण्डमा चलचित्र चल्ने बताए ।

काठमाण्डौमा आयोजित चलचित्र ‘पूनर्जन्म’को पत्रकार सम्मेलनमा बोल्दै आर्यनले आफ्ना लागि यो चलचित्र विशेष रहेको बताए । यस्तै, नायिका केकी अधिकारीले आफ्ना हरेक चलचित्र करिअरसँग जोडिएको बताइन् । उनले भनिन्-‘मेरा हरेक चलचित्रको सफलता र असफलताले मलाई फरक पार्छ । मेरा लागि हरेक चलचित्र चल्नु पर्छ ।’

सजन श्रेष्ठको निर्देशनमा बनेको यो चलचित्रमा गजित बिष्ट र सुस्मिता शाही पनि मुख्य भूमिकामा छन् । चलचित्रलाई मोहनकृष्ण श्रेष्ठले निर्माण गरेका हुन् ।

आफ्ना बुबाको आर्मी बन्ने सपना पुरा गर्न नसकेपनि चलचित्रमा आर्मीको भूमिकामा काम गरेर चित्त वुझाएको आर्यनको भनाई छ । यो चलचित्र आफ्ना लागि विशेष भएको आर्यनले बताए । चलचित्रले नेपालको एक इतिहास बोल्ने निर्माणपक्षले दाबी गरेको छ । चलचित्र फागुन २२ गतेबाट प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment