Comments Add Comment

अचम्मको स्कुल, जहाँ विद्यार्थीलाई सिकाइन्छ बेइमानी र अश्लीलता

elementary_school_325_021315113755विद्यालय भनेको विद्यार्थीहरुलाई असल ज्ञानगुनका कुरा तथा नैतिकताको पाठ पढाउने पवित्र ठाउँ हो । तर भारतमा एउटा यस्तो स्कुल छ जहाँ विद्यार्थीहरुलाई अपमानजनक तथा अभद्र भाषा बोल्न सिकाइन्छ ।

भारतको उत्तर प्रदेशस्थित आजमगढ जिल्लावको मौजामा रहेको रत्ना पब्लिक स्कुल विद्यार्थीहरुलाई अभद्र बोलीभाषा सिकाउने चलनका कारण चर्चामा छ ।

स्कुलका म्यानेजर विद्यार्थीहरुलाई व्यायाम तथा परेड खेलाउँछन् र उनीहरुलाई बेइमानी तथा अपमानजनक भाषाको पाठ समेत पढाउँछन् । यो अभद्र शिक्षा कक्षा ३ देखि कक्षा १० सम्मका बालबालिकालाई दिने गरिएको छ ।

सन् २००२ मा स्थापना भएको हो यो स्कुल । स्कुलमा बालबालिकाहरुलाई अभद्र भाषा सिकाइएको र त्यस सम्बन्धमा स्कुलका म्यानेजरले बोलेको भिडियो रेकर्ड गरी टेलिभिजन च्यानलहरुमा दिइएपछि त्यसले ठूलै चर्चा पायो । म्यानेजर राजीव कुमारले विद्यार्थीहरुलाई अपमानजनक भाषा सिकाएर आफुले कुनै गल्ती नगरेको दाबी गरेका छन् ।

तर संचार माध्यममा उक्त स्कुलको गलत पठनपाठनका विषयमा समाचार आएपछि शिक्षा अधिकारीहरु तत्कालै उक्त स्कुलमा पुगी स्कुल परिसरलाई सिलबन्दी गरे ।

म्यानेजर राजीवकी पत्नी समेत रहेकी स्कुलकी प्रधानाध्यापिकाका अनुसार राजिवले लामो समयदेखि विद्यार्थीहरुलाई अभद्र भाषा सिकाउने तालिम दिँदै आएका रहेछन् । विद्यार्थीलाई अभद्र भाषा सिकाउने स्कुलका व्यवस्थापकलाई प्रहरीले पक्राउ गरी केरकार गरिरहेको बताइएको छ । हाल उक्त स्कुलको लाइसेन्स समेत रद्द गरिएको भारतीय संचार माध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment