Comments Add Comment

कट्रिनाको कुरा गर्ने बित्तिकै उठेर हिँडे रणबीर

katrina_kaif_and_ranbir ranbir-and-kat
कट्रिना कैफका प्रेमी रणवीर कपुर आजकल उनकाे नाम सुन्ने बित्तिकै उठेर हिंड्न थालेका छन् । हालै मुम्बईमा आयोजित एक कार्यक्रममा जब मिडियाकर्मीले कट्रिनावारे प्रश्न गरे तव उनी ‘अरे यार’ भन्दै कुर्सिवाट जुरुक्कै उठे र कार्यक्रम नै छाडेर हिंडे ।

ब्यबसायी रोनी स्क्रूवाला को पुस्तक ‘डि्रम विथ योर आईज ओपन’ सार्वजनिक कार्यक्रममा उपस्थित भएका रणबीरलाई संवाददाताले कट्रिना र उनको सम्बन्धवारे प्रश्न गरे । तर, उनले कुनै पनि प्रश्नको जवाफ दिन उचित ठानेनन् ।

अभिनेत्री करिना कपुरले ‘कफी वीथ करण’ मा रणबीर कटि्रनाको सम्बन्धवारे कुरा उप्काएपछि उनीहरुको बिबाहको विषयमा टिका टिप्पणी सुरु भएको थियो ।

त्यसो त रणबीरले जुन दिन आफुलाई बच्चाको महसुस् हुन्छ त्यहि दिन बिबाह गर्ने बताउँदै आएका छन् । आठ वर्षको करिअरमा रणबीरले केही हिट फिल्म दिएका छन् त केही फल्प । हालै उनले अभिनय गरेको फिल्म ‘राय’ प्रदर्शन भए पनि उक्त चलचित्रले बक्स अफिसमा राम्रो नतिजा दिन सकेन । त्यसो त उनले असफलतादेखि डर लाग्ने बताउँदै आएका छन् ।

सन् २०१५ मा रणबीरका दुई चलचित्र रिलिज हुने छन् । अनुराग कश्यपको ‘बम्बे ब्यालेट’ र अनुराग बसुको ‘फिल्म’ । अनुराग बसु निर्देशित चलचित्रमा उनकी पर्दाकी नायिका रियल लाइफ पार्टनर कट्रिना नै छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment