Comments Add Comment

विश्वकै धनी बाँदर, जसको नाममा छ करोडौँको सम्पत्ति

monkey

यो पढ्दा तपाइँलाई आश्चर्य लाग्नसक्छ र पत्यार नलाग्न पनि सक्छ । तर यो वास्तवमा सत्य घटना हो । यो दुनियामा यस्ता भाग्यमानी बाँदर पनि छन् जसको नाममा करोडौँको सम्पत्ति छ । भारतको उत्तर प्रदेशस्थित रायबरेलीमा एक धनाढ्य दम्पतिको घरमा पालिएको बाँदर करोडौँको मालिक बनेको छ ।

स्थानीय ब्रजेश श्रीवास्तव तथा उनकी पत्नी शविस्ताले आफ्नो करोडौँको सम्पत्ति आफ्नो घरमा पालिएको प्यारो बाँदर ‘चुनमुन’को नाममा नामसारी गरिदिएका छन् ।

कुनै सन्तान नभएका श्रीवास्तव दम्पतिले आफ्नो सन्तान भन्दा पनि प्यारो चुनमुन बाँदरलाई विधिवत रुपमा सम्पतिको उत्तराधिकारी बनाएका हुन् ।

सन् २००५ मा उक्त बाँदरलाई खरीद गरी घरमा भित्राएका श्रीवास्तव दम्पतिका लागि उक्त बाँदर अहिले आफ्नै सन्तानभन्दा कम प्यारो छैन । उनीहरुले चुनमुनलाई के मन पर्छ र के मन पर्दैन भन्ने कुराको बारेमा आफ्नै बच्चालाई जस्तै ख्याल राख्छन् ।

बीबीसीमा छापिएको समाचार अनुसार चुनमुनलाई चाउमिन र चिली पनिर सबैभन्दा मन पर्छ । साथै उनले दिनहुँ मज्जाले फलफूल समेत खाने गर्छ ।
जततउस्ररधधध।ददअ।अomरलभधकरधयचमि-बकष्ब-ष्लमष्ब-घज्ञछघण्ण्द्धण्

ब्रजेशका अनुसार चुनमुनका लागि घरमा एउटा सुविधासम्पन्न कोठा छुट्टाइएको छ । यो बाँदर निकै ऐश आराम चाहिने भैसकेको छ । गर्मी महिनामा एसी र जाडो महिनामा हिटर नचलाइकन ऊ सुत्दै सुत्दैन ।

सन् २०१० मा बिट्टी यादव नामकी पोथी बाँदरसँग चुनमुनको विवाह गरिदिएका थिए श्रीवास्तव दम्पतिले । विवाह निकै भव्य भएको थियो । तत् पश्चात चुनमुन आफ्नी जिवनसंगिनी बिट्टीसँगै घरमा बस्ने गरेको छ । यो बाँदर दम्पतिको विवाहको वाषिर्कोत्सवको अवसरमा हरेक वर्ष श्रीवास्तव दम्पतिको घरमा भव्य पार्टी आयोजन ागर्ने गरिएको छ ।

श्रीवास्तव दम्पतिले चुनमुनको नाममा झण्डै ७० लाख भारु मूल्य पर्ने घर, २ सय गज को जग्गाको प्लट नामसारी गरिदिएका छन् । श्रीवास्तव दम्पतिको शेषपछि उनीहरुको बैंक अकाउण्टमा रहेको पैसा समेत स्वतः चुनमुनको नाममा जानेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment