Comments Add Comment

करिना भईन् मोष्ट ग्ल्यामरस नायिका

karina-kapooor
बलिउड नायिका करिना कपुर खानले यस वर्षको ‘मोष्ट ग्ल्यामरस स्टार अफ द इयर’ को उपाधि जितेकी छिन् । करिनाको अतिरिक्त अहिले स्वाइन फ्लुले ग्रस्त नायिका सोनम कपुरले ‘द ट्रेण्ड सेटर अफ द ईयर’ को उपाधी पाएकी छिन् ।

यो अवार्ड ‘फिल्म फेयर ग्ल्यामरस एण्ड स्टाईल अवार्ड २०१५’ मा मिलेको हो । यो अवार्ड ग्ल्यामर र स्टाईलसँग केन्दि्रत छ । करिना अहिले पनि बलिउड नायिकामध्ये कामुक नायिकाको सूचीमा अग्रपंक्तिमा छिन् ।

अर्की नायिका सोनम कपुर अभिनयमा जम्न नसकेपनि फेशनको मामलामा निकै अगाडी छिन् । बलिउडमा मात्रै नभएर पेरिसमा आयोजित फेशन सोमा समेत सोनमले पटक-पटक क्याटवाक गरिसकेकी छिन् । उनललाई बलिउडमा ‘फेसन डिभा’ समेत भनिन्छ ।

अवार्ड पाएपछि करिनाले प्रतिक्रिया दिंदै भनिन् ‘ग्ल्यामरस र स्टाईलिस हुनु मेरो सौख हो ।’ उनले आफुले कहिल्यै अरुको शैलीको सिको नगरेको दाबी समेत गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment