Comments Add Comment

गैरआवासीय नेपाली संघ स्पेनको साधारणसभा सम्पन्न

spainवार्सिलोना । गैरआवासीय नेपाली संघ स्पेनको वार्षिक  साधारणसभा स्पेनको बार्सिलोनामा सम्पन्न भएको छ ।

साधारणसभामा अन्तराष्ट्रिय  समन्वय परिषद् सदस्य दीपक खरेल,  जनसम्पर्क समिति अध्यक्ष शालिकराम डुम्रे, प्रवासी नेपाली मन्च स्पेनका अध्यक्ष  देउकाजी गुरुङ,  नेपाली जनप्रगतीशील मन्च स्पेनका अध्यक्ष महेश्वर कंडेल,  तमु समाज उपाध्यक्ष  युवराज गुरुङ,  चितवन समाज स्पेनका कोषाध्यक्ष भोजराज सापकोटा, गैरआवासीय नेपाली संघ स्पेनका भूतपूर्ब उपाध्यक्ष मुक्तबहादुर गुरुङ, निमत्त महासचिब बिष्णु रिजाल, महिला संयोजक शीतल भुर्तेल भुषाल लगायतका अतिथिहरूको उपस्थिति थियाे ।

यस्तै, युवा संयोजक लक्ष्मण शर्मा,  युरोप पत्रकार महासंघ सदस्य दीपक क्षेत्री, पासा पुच स्पेन बिशेष समिति सदस्य सुन्दर ट्वाटी, म्याग्दी समाज स्पेन अध्यक्ष सन्तबहादुर क्षेत्री, स्याङजा सहयोग समाज स्पेनका अध्यक्ष बेनबहादुर गुरुङ (बिमल), कास्की सेवा समाज स्पेनका उपाध्यक्ष कमलप्रसाद अधिकारी, रेडियो स्पेन नेपालका संचालक सदस्य सुनिल रानाभाट, स्पेन खबरका राजेन्द्र कंडेल, नेपाली वेभका भोला लामिछाने लगायत संचारकर्मी, ब्यवसायी र एनआरएन अभियन्ताहरुको उल्लेख्य  सहभागिता रहेको थियो ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारणसभाको संचालन संघका प्रवक्ता सन्तोष श्रेष्ठले गरेका थिए । बैठकले संगठनात्मक प्रतिबेदन, आर्थिक प्रतिबेदन,  महिला फोरम प्रतिबेदन,  बिधान संसोधन प्रस्ताव तथा भाबी कार्ययोजना सर्बसम्मतले पारित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment