Comments Add Comment

नरहरी र भीम रावलले नेम्वाङलाई भेट्दै

२० फागुन, काठमाडौं । संविधासनभा बैठकको मिति तोक्न कांग्रेस र एमालेले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई आग्रह गरेका छन् ।

विपक्षी मोर्चालाई सहमतिमा ल्याउनका लागि अनिश्चितकालसम्म बैठक स्थगित गरे पनि मोर्चाले सहमतिबाट संविधान जारी गर्न नचाहेको भन्दै कांग्रेस एमालेले प्रक्रिया थाल्न आग्रह गरेका हुन् ।

मंगलवार बेलुका दुई दलका शीर्ष नेताहरुको छलफल बमोजिम बुधवार कांग्रेस नेता तथा कानुनमन्त्री नरहरी आचार्य र एमाले उपाध्यक्ष भीम रावलले सभाध्यक्षलाई भेटेर औपचारिक आग्रह गर्ने भएका छन् ।

यसअघि बुधवारै प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डबीच वार्ता हुने भएको छ ।

अब सहमतिका नाममा अनिश्चितकालसम्म पर्खिन नसकिने महशुस गरेर सहमति र प्रक्रिया सँगै अघि बढाउन खोजिएको एमाले महासचिव इश्वर पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment