Comments Add Comment

पाकिस्तानको सुपर एट सम्भावना कायमै

pakistan

यूएईलाई राजित गर्दै पाकिस्तानले विश्वकप क्रिकेटको सुपर एट प्रवेशको सम्भावना कायमै राखेको छ ।

बुधबार भएको आफ्नो चौथो खेलमा पाकिस्तानले यूएईलाई १२९ रनको फराकिलो अन्तरले पराजित गर्‍यो । लगातार चार खेल गुमाएपछि यूएई समूह चरणबाटै बाहिरिने लगभग पक्का भएको छ ।

चार अंकका साथ चौथो स्थानमा उक्लिएको पाकिस्तानको भने सुपर एट सम्भावना बढेको छ । ३ खेल खेेलेको आयरल्याण्ड पाँचौं स्थानमा छ भने ६ अंक जोडेको भारत समूह बीको शीर्ष स्थानमा छ ।

३४० रनको लक्ष्य पछ्याएको यूएईले ८ विकेटको क्षतिमा २१० रन मात्र बनाउन सक्यो । २५ रन जोड्दा ३ विकेट गुमाएको यूएईका मध्यक्रमका ब्याट्सम्यानले सम्हालिएर प्रदर्शन गरे पनि हार टार्न सकेनन् ।

चौथौ विकेटका लागि खुर्राम खान र शाइमन अनवरले चौथो विकेटका लागि ८३ रनको साझेदारी गर्दै यूएईको स्कोर १०८ रनमा पुर्‍याए । खान ४३ रनमा आउट भए । पाँचौ विकेटका लागि अनवर र स्वप्निल पटेलले ३२ रनको साझेदारी गरे । अवनर ६२ रनमा पभेलियन फर्किए भने रोहन मुस्फताले खाता नै खोल्न सकेनन् ।

छैटौं विकेटका लागि पटेल र अम्जाद जाभेदले ६८ रनको साझेदारी गरेपनि हार टार्न सकेनन् । पटेल ३६ रनमा आउट भए भने जाभेदले ४० रन बनाए ।

पाकिस्तानका सोहिल खान, वहाव रियाज र साहिद अफ्रिदीले समान २-२ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले ५० ओभरमा ३ विकेट गुमाएर ३३९ रन बनाएको थियो । पाकिस्तानको पहिलो विकेट भने सुरुमा नै गुमेको थियो । १० रन जोड्दा नसिर जमसेदलाई ४ रनमा गुमाएको पाकिस्तानका लागि अजमद सेहजाद र हरिस सोहिलले दोस्रो विकेटका लागि १६० रनको साझेदारी गरे ।

सोहिल ७० रनमा आउट भए भने थप ६ रन जोड्दा सेहजाद ९३ मा रन आउट भए । चौथो विकेटका लागि सोहिव मकसुदले कप्तान मिस्बाह उलहकसँग ७५ रजको साझेदारी गरे । मकसुद ४५ रनमा आउट भए ।

मिस्बाहले ६५ रन बनाए । साहिद अफ्रिदी २१ र वाहव रियाज ६ रनमा अविजित रहे ।

यूएईका मंजुलाले ४ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment