Comments Add Comment

प्रधानमन्त्री कोइराला र एमाअोवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

२० फागुन, काठमाडौँ । संविधान निर्माणमा देखिएको गतिरोध र राजनीतिक निकासका विषयमा आज प्रधानमन्त्री सुशील कोइराला र प्रमुख प्रतिपक्षी दल एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

Susil-prachandaगत माघ ११ गते संविधानसभाको बैठकले प्रस्ताव प्रश्नावली समिति गठन गरी संविधान निर्माणको प्रक्रिया सुरु गरेपछि सत्तापक्ष र विपक्षका बीच दूरी बढे यता प्रचण्ड पहिलोपटक प्रधानमन्त्री कोइरालासँग वार्ता गर्न बालुवाटार पुगेका हुन् । यसअघि प्रधानमन्त्री कोइरालाले गत माघ १६ गते लाजिम्पाटस्थित दाहाल निवास पुगी वार्तामा आउन आग्रह गरेका थिए ।

एमाओवादी नेतृत्वको मोर्चाले सहमतिका आधारमा संविधान बन्ने सुनिश्चितता नभएसम्म वार्तामा नबस्ने अडान लिइरहेका बेला प्रधानमन्त्री कोइराला र अध्यक्ष दाहालबीचको आजको भेटवार्तालाई सकारात्मक मानिएको छ ।
प्रधानमन्त्री कोइरालाका प्रेस सल्लाहकार प्रकाश अधिकारीका अनुसार भेटवार्तामा विद्यमान गतिरोध फुकाउने विषयमा सौहार्दपूर्ण छलफल भएको थियो ।

मंगलबारमात्रै नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताबीचमा छलफलले विपक्षीसँग सघन वार्ता गर्ने र सहमति नभए संविधानसभाको स्थगन गरिएको बैठक बोलाउने निचोड निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment