Comments Add Comment

मकवानपुर औद्योगिक हब बन्ने आधार बन्दैछ : प्रदीपजंग पाण्डेे

Makawanpur-Udyog-Banijya-Sangh
२० फागुन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले मकवानपुर जिल्ला औद्योगिक हब बन्न सक्ने बताएका छन् । निर्माणाधिन काठमाडौं-निजगढ फास्ट ट्रयाक तथा काठमाडौं-हटौंडा सुरुङमार्ग लगायतका परियोजनाका कारण मकवानपुर औद्योगिक हब बन्ने उनको तर्क छ ।

मकवानपुर राजधानीबाट सबैभन्दा नजिक रहेको र भारतीय नाकाबाट पनि नजिक रहेको हुँदा पनि औद्योगिक हब बन्ने प्रशस्त आधार रहेको अध्यक्ष पाण्डेले बताए । मकवानपुरको विकासका लागि दुईवटै फास्ट ट्रयाक आवश्यक रहेको बताउँदै उनले दक्षिणकालीको बाटो स्तरोन्नतीका लागि महासंघले सरकारसँग पहल गरिदिने आश्वासन दिए ।

अध्यक्ष पाण्डेले २०२२ सालदेखि सञ्चालनमा आएको मकवानपुर औद्योगिक क्षेत्रलाई विस्तार गरी अझ बढी लगानी आकर्षण गर्नुपर्ने खाँचो रहेको औंल्याए ।

मकवानपुर उद्योग वाणिज्य संघको नवनिर्वाचित टिमलाई महासंघ सचिवालयमा स्वागत गर्दै अध्यक्ष पाण्डेले मकवानपुरको पूर्वाधार विकासमा सहयोग गर्ने बताए । संघले अगाडि सारेका योजनालाई सफल बनाउन महासंघको तर्फबाट सक्दो सहयोग रहने उनको भनाई छ ।

महासंघका पूर्व अध्यक्ष विनोद बहादुर श्रेष्ठ र वरिष्ठ उपाध्यक्ष पशुपति मुरारकाले मकवानपुर जिल्ला औद्योगिक नगरि भएकाले यस क्षेत्रमा उद्योग तथा लगानी विस्तारमा संघले थाल्ने हरेक प्रयासमा महासंघको सहयोग रहने विश्वास दिलाए ।

संघका अध्यक्ष राजकुमार न्यौपानेले औद्योगिक क्षेत्रको विकास तथा विस्तारका लागि प्रयाप्त उर्जा, सुमधुर श्रम तथा बन्द हड्ताल निषेध तीन महत्वपूर्ण आधार भएको बताउँदै मकवानपुर जिल्लालाई बन्द हड्ताल मुक्त जिल्ला घोषणा गर्न आफुहरुले प्रयास गरिरहेको बताए ।

मकवानपुरमा नाइजेरियनको लगानीमा ठूलो सिमेन्ट उद्योग ल्याउने प्रयास भैरहेको न्यौपानेले जानकारी दिए । उनले जिल्लामा रहेका कर तथा राजस्वका समस्याबाट स-साना व्यवसायीहरु आक्रान्त भएकाले त्यस्ता समस्या समाधानमा महासंघको सहयोग आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment