Comments Add Comment

सहयोग गर्नेलाई सम्मान गरे ८ बर्षिय निर्देशकले

sangam-bista
चलचित्रको थालनीदेखि ‘गिनिज बुक अफ द वल्र्ड रेकर्ड’सम्म पुग्दा आफूलाई सहयोग गर्ने कलाकार, प्राविधिकदेखि रंग पत्रकारहरुलाई चलचित्र ‘लभ यू बाबा’को निर्माणपक्षले सम्मान गरेको छ ।

चलचित्रका ८ बर्षिय निर्देशक सौगात बिष्टले सहयोगी सबैलाई सम्मान पत्र हस्तान्तरण गरेका हुन् । ७ बर्ष ३४० दिनको उमेरमा चलचित्र निर्देशन गरेर सौगातले ‘गिनिज बुक अफ द वल्र्ड’मा विश्वकै कान्छा निर्देशकको नाम लेखाएका हुन् ।

सौगातले निर्देशन गरेको यो चलचित्रलाई फेरि प्रदर्शन गर्ने तयारी पनि गरिएको छ । सौगातले आफूलाई सहयोग गर्ने सबैलाई धन्याबाद दिएका छन् । साथमा उनले बुबा गजित बिष्ट र आमा संझना पोख्रेललाई आफ्नो काममा सहयोग गरेको भन्दै विशेष आभार प्रकट गरेका छन् ।
sangam-and-krishnahari-bara
आज काठमाण्डौको कुमारी हलमा आयोजना गरिएको कार्यक्रममा उनले भने-‘मैले गर्छु भन्दा हुन्न नभन्ने मेरो बुबा र आमाप्रति विशेष आभारी छु ।’ सम्मान कार्यक्रमपछि चलचित्र प्रदर्शन पनि गरिएको छ । बाबु र छोरीको कथालाई आकर्षक तबरले प्रस्तुत गरेको यो चलचित्रमा गजित बिष्ट, संगम बिष्ट, निष्मा घिमिरे, अशिष्मा नकर्मी लगायतका कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment