Comments Add Comment

दलीय सहमतिमा संविधान आउँछ – दीलेन्द्र बडू

२० फागुन, दार्चुला ।  नेपाली काँग्रेसका प्रवक्ता दीलेन्द्र बडूले माओवादीलाई साथ लिएर सहमतिको संविधान बनाउन नेपाली काँग्रेस र एमाले प्रतिबद्ध रहेको बताएका छन् ।

dilendra-baduलाली गाविसको गाउँ बस्ती भेटघाट कार्यक्रममा बोल्दै बडूले सत्तापक्ष र विपक्षी मोर्चासँग संविधानका अन्तरवस्तुमा छलफल भइरहेकाले संविधान निर्माणमा ढिलाइ भएको बताए ।

सघीयता र राज्यको पुनःसंरचना प्रमुख दुई विषयमा विवाद रहेको बताउँदै नेता बडूले माओवादीलगायत संविधानसभा बाहिर रहेका दललाई समेत संविधान निर्माणमा सहभागी गराएर छिटोभन्दा छिटो संविधान जारी गर्ने बताए ।

सत्तापक्षसँग प्रक्रियामा गएर संविधान निर्माण गर्न बहुमत भए पनि सबै पक्षलाई समेटेर सहमतिको संविधान बनाउन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले पहल गरिरहेको बडूको भनाइ ।

महाकाली भेगको सडक निर्माण र लालीमा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल राख्न आफू पहल गरिरहेको भन्दै बडूले भर्तोला–लाली सडक खण्ड र महाकालीमा नदीमाथि झोलुङ्गे पुल राख्न सम्बन्धित निकायमा पहल गरिरहेको बताएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment