Comments Add Comment

बालविवाह रोक्न मण्डपमै पुग्यो प्रहरी

कूल तामाङ

२० फागुन, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालीका ४ सिन्धुकोट स्थित दियाले गाउँमा बालविवाह रोक्न प्रहरी बिहे मण्डप मै पुगेको छ । १४ वर्षकी बालिकाको जबजस्ती बिहे हुन लागेपछि स्थानीय बाल सञ्चार समिति र प्रहरीको टोली विवाह भइरहेको स्थानमा पुगेको हो ।

स्थानीय सिन्धु पुराणा उच्च माविमा कक्षा आठमा अध्ययनरत बालिकाको विवाह रोक्न इलाका प्रहरी कार्यालयबाट १८ जनाको टोली घटनास्थल पुगेको हो ।

केहि दिन अघि पनि प्रहरीले परिवारलाई सम्झाएर तत्काल बिहे नगर्ने सम्झौता गराएपनि बुधबार विवाह भइरहेको खबर आएपछि प्रहरी टोली त्यसतर्फ गएको ईलाका प्रहरी कार्यलय मेलम्ची प्रहरी निरिक्षक चन्द्रबहादुर थापाले जानकारी दिए । सम्झाउँदा नमाने कानुनी कारबाही गरिने थापाले बताए ।

विवाह भइरहेको स्थानमा मादक पदार्थ सेवन गरेका युवाहरु रहेकाले सहजिकरणमा केही कठिनाइ भएको प्रहरीले जनाएको छ ।

कानुनतः संरक्षकको मन्जुरी भए १८ वर्ष र मञ्जुरी नभए २० वर्ष उमेर पुगेको हुनुपर्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment