Comments Add Comment

सहमतिका लागि अग्रसरता लिन माधव नेपाललाई प्रचण्डको आग्रह

२० फागुन, काठमाडौं  । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिका लागि अग्रसरता लिन नेकपा एमालेका नेता माधवकुमार नेपाललाई आग्रह गरेका छन् । Prachanda  (10)

बुधबार नेपाललाई भेटेर प्रचण्डले एमालेका अध्यक्ष केपी ओलीको अभिव्यक्ति कडा आएको भन्दै एमालेमा सहमतिका लागि सहजिकरण गर्न आग्रह गरेका हुन् ।

अध्यक्ष प्रचण्डले १२ बुँदे समझदारीदेखि अहिलेसम्मका राजनीतिक सहमतिमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै संविधान निर्माणको लागि भूमिका खेल्न आग्रह गर्नुभएको छ ।

नेता नेपालले भने एमाले सहमतिका लागि तयार रहेको भन्दै विवादीत विषयमा बसेर छलफल गरी निकास निकाल्नुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment