Comments Add Comment

दुर्घटनाग्रस्त विमान हटाउन नसक्दा अन्तराष्ट्रिय उडान-अवतरण ठप्प

trukiss

२० फागुन, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको रन वे अवरुद्ध हुने गरी टर्किस एयरलाइन्सको विमान दुर्घटना भएपछि नेपालको अन्तराष्ट्रिय उडान तथा अवतरण ठप्प भएको छ ।

बुधबार विहान टर्किस एयरको विमान रन वे र ट्याक्सी पार्किङको बीचको घाँसे मैदानमा दुर्घटना भएको छ । दुर्घटनाग्रस्त विमान अझैसम्म हटाउन सकिएको छैन । दुर्घटनाग्रस्त विमान हटाउन ठूलो क्रेन नभएका कारण हटाउन नसकिएको विमास्थल स्रोतले जनाएको छ । पश्चिम बंगालको बागडोगराबाट क्रेन मगाइएको छ । 

अन्तराष्ट्रिय उडान तथा अवतरण बुधबार साँझ ५ बजेबाट सुरु हुने भनिएको थियो । तर, अन्तिम समयमा आएर बिहीबार अपराहृन ४ बजेसम्मका लागि स्थगित गरिएको छ ।

अन्तराष्ट्रिय उडान तथा अवतरण रद्द हुँदा विभिन्न देश जान विमानस्थल पुगेका यात्रुहरु अन्यौलमा परे । २७ बटा विमान कम्पनीले यात्रुहरुलाई होटलमा फर्काएका छन् ।

जापान जाने तयारीका साथ विमानस्थल पुगेका काठमाडौँका शशी थापाले सबै सामग्री लिएर विमानस्थल आएको तर उडान नहुँदा अन्योल भएको बताए ।

त्यसैगरी कतार जान लागेका दिनेश खड्काले उडान रद्द भएपछि आफू होटल फर्कन लागेको बताउँदै आफूजस्तै अन्य आत्रु अन्योलमा परेको जानकारी दिए ।

सरकारले छानविन समिति बनायो

यसैबीच टर्किस एयरको विमान दुर्घटनाबारे छनविन गर्न सरकारले समिति गठन गरेको छ । पूर्वसचिव नरेन्द्रप्रसाद घिमिरेको अध्यक्षतामा बबनेको चार सदस्यीय समितिमा वरिष्ठ पाइलट वीएम अमात्य, नेपाल एयरलाइन्सका इन्जिनियर चुणामणी वस्याल र नागरिक उड्ययन मन्त्रालयका सचिव बुद्धिसागर लामिछाने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment