Comments Add Comment

आर्यनसँग आशिकाको ‘सुश्री’

aasika-and-aaryan
आशिका फिल्मस् प्रालीले चलचित्र ‘सुश्री’ निर्माण गर्ने भएको छ । आज काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रको घोषणा गरिएको हो । शुक्रबारबाट छायांकनमा जाने चलचित्रको निर्देशन शिवम् अधिकारीले गर्दैछन् । शिवम् चलचित्र लेखनमा सफल मानिन्छन् ।

३५ दिनमा प्याकअप गरिने चलचित्रको छायांकन हेटौडा र काठमाण्डौमा हुनेछ । चलचित्रमा आर्यन सिग्देल, आशिका तामाङ, राजाराम पौडेल, मिश्री थापा, सुजना ढकाल, रवि प्रधानको मुख्य भूमिका रहनेछ ।

चलचित्रलाई आत्मराम थापाले निर्माण गर्न लागेका हुन् । पूर्णतया कमेडी शैलीमा निर्माण हुन लागेको यो चलचित्रमा बसन्त सापकोटाको संगीत, रामेश्वर कार्कीको छायांकन, शंकर वीसीको नृत्य, कुमार महर्जनको एक्सन रहनेछ ।

चलचित्र विकास बोर्डका सदस्य सुरेश दर्पण पोख्रेलले क्ल्याप हानेर मुहुर्त सर्टको निर्देशन गरेका थिए । उनले नव-कलाकार आशिका तामाङलाई हलिउड नायिका एन्जेलिना जोलीसँग तुलना समेत गरे ।
susree-muhurta
नायक आर्यन सिग्देलले चलचित्रको बिषयवस्तु मन परेकाले आफूले काम गर्न लागेको सुनाए । निर्देशक अधिकारीले आफूले दर्शक र चलचित्रकर्मीलाई निराश नपार्ने समेत बताए । उनले चलचित्र क्षेत्रमा अर्को एक राम्रो चलचित्र थपिने विश्वास दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment