Comments Add Comment

अष्ट्रेलियाले बनायो ठूलो स्कोर र ठूलो जितको कीर्तिमान

David-Warner-and-Steven-Smith

अष्ट्रेलियाले विश्वकप क्रिकेटकै ठूलो स्कोर र सबैभन्दा ठूलो अन्तरको जितको कीर्तिमान बनाएको छ ।

बुधबार अफगानिस्तानविरुद्ध पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ६ विकेट गुमाएर ४१७ रन बनायो । यो विश्वकपको इतिहासकै ठूलो स्कोर हो । यसअघि २००७ मा भारतले बर्मुडाविरुद्ध ५ विकेट गुमाएर ४११ रन बनायो ।

अफगानिस्तानलाई ३७.३ ओभरमा १४२ रनमा अलआउट गर्दै अष्ट्रेलियाले विश्वकप क्रिकेटमा ठूलो अन्तरको जित हात पारेको छ ।

यसअघि २००७ मा भारतले बमूर्डालाई र २०१५ मा दक्षिण अफि्रकाले वेष्टइण्डिजलाई समान २५७ रनले पराजित गरेको थियो ।\

डेभिड वार्नरको कीर्तिमानी पारी

पर्थमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले पहिलो विकेट भने सस्तैमा गुमायो । १४ रन जाड्दा ओपनर एरोन फिन्च ४ रनमा आउट भए ।

तर, डेभिड वार्नरले स्टिभ स्मिथसँग दोस्रो विकेटका लागि २६० रनको साझेदारी गरे । वार्नर १७८ रनमा आउट भए । यो विश्वकपमा कुनै पनि अष्ट्रेलियन ब्याट्सम्यानले बनाएको सबैभन्दा बढी रन हो ।

स्मिथले म्याक्सवेलसँग ६५ रनको साझेदारी गरे । स्मिथ ९५ रनमा आउट भए । आक्रामक पारी खेलेका म्याक्सवेलले ३९ बलमा छ चौका र ७ छक्काको मदतमा ८८ रन बनाए ।

अफगानिस्तानका दौलत जादरन र सापुर जादरानले समान २-२ विकेट लिए ।

मिचेल जोनसन चम्किए

विश्वकपकै कीर्तिमानी लक्ष्य पछ्याएको अफगानिस्तानको सुरुवात राम्रो हुन सकेन । मिचेल जोनसनको कसिलो बलिङका कारण अफगान ब्याट्सम्यान चल्न सकेनन् ।

३० रन जोड्दा पहिलो विकेट गुमाएको अफगानको ४६ रन हुँदा महत्वपूर्ण तीन विकेट गुमिसकेको थियो । समिउल्लाह सेनवारी र नवाज मंगलले चौथो विकेटका लागि ४८ रनको साझेदारी गरे । तर, सेनवारी १७ रनमा आउट भए । थप रन नजोड्दै मंगल ३३ रनमा पभेलियन फर्किए ।

सातौं विकेटका लागि अश्रफ जजाइसँग २८ रनको साझेदारी गरेका नजिबुल्लाह जादरान २४ रनमा आउट भए ।

उसलाई सस्तैमा समेट्ने क्रममा जोनसनले चार विकेट लिए भने मिचेल स्टार्क र जोश हृयाजलउडले २-२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment